माघ २७, काठमाडौं । सरकारले आगामी वैशाख १७ मा ४० जिल्लामा र २७ मा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कुन जिल्लामा कहिले निर्वाचन गर्ने भनि निर्णय गरेको हो ।
सरकारले प्रदेश २, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ भने कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।
पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरू
बारा, पर्सा, रौतहट, धनुषा, सप्तरी, सिरहा, सर्लाही महोत्तरी, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, कास्की, तनहुँ, नवलपरासी (सुस्तापूर्व), गोरखा, लम्जुङ, म्याग्दी, बागलुङ, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, रोल्पा, प्युठान, नवलपरासी (सुस्ता पश्चिम), गुल्मी, रुकुम (पूर्व), हुम्ला, जुम्ला, मुगु, कालीकोट, सुर्खेत, दैलेख, डोल्पा, जाजरकोट, सल्यान, रुकुम (पश्चिम)।
दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरू
इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुर, तेह्रथुम, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रामेछाप, दोलखा, चितवन, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा, बैतडी, अछाम, डोटी, दार्चुला र डडेल्धुरा।
वि.सं.२०७७ माघ २७ मंगलवार ११:५२ मा प्रकाशित





























