back
CTIZAN AD

राजधानीमा नेकपाको भव्य प्रदर्शन हुँदै, हेर्नुस् जुलुस कहाँबाट कहाँ जान्छ ?

वि.सं.२०७७ माघ २८ बुधवार

861 

shares

२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक र प्रतिगामी कदमको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समितिले आज राजधानीमा भव्य विरोध प्रदर्शन गर्दैछ । काठमाडौको रत्नपार्कमा हुने प्रतिगमनविरुद्धको बिरोध प्रदर्शनको कार्यक्रम निकै भव्य हुने संघर्ष समितिका सचिव सूर्यप्रकाश सुवेदी ‘पथिक’ले जानकारी दिएका छन् ।

जुलुस पाँच ठाउँबाट सुरु भई सुन्धारामा १२ बजे जम्मा भएर शहरको परिक्रमा गरेर जनसभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका सचिव पथिकले जानकारी दिए । पाँच ठाउँबाट जुलुश ११ बजे प्रारम्भ गरिनेछ ।

विरोध प्रदर्शनमा कहाँबाट कसको नेतृत्वमा ?

संघर्ष समितिका सचिव पथिकका अनुसार पुल्चोक–कुपण्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धारासम्मको जुलुशको नेतृत्व स्थायी समितिका सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल, ललितपुरका सबै केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका माननीय सदस्यहरु र समग्र ललितपुर जिल्ला सदस्यहरुले गर्नेछन् ।

त्रिपुरेश्वर–सुन्धारा हुँदै जुलुशको नेतृत्व गर्नेहरुमा स्थायी सदस्य अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, गोकर्ण बिष्ट, जनार्दन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, सबै केन्द्रीय सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका माननीय सांसदहरु छन् ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, धादिङ, चितवन, मकवानपुरका भूगोल कमिटी, काठमाडौं क्षेत्र नम्बर ८, ९, १० र सम्बन्धित सम्पर्क कमिटी पनि यसैमा संलग्न हुनेछन् ।

माइतीघर–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धाराको जुलुशमा नेतृत्व गर्नेहरुमा अमृतकुमार बोहोरा, गणेश साह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मात्रिका यादव, हरिबोल गजुरेल, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका माननीय सांसदहरु हुनेछन् ।

प्रदेश नम्बर एक, प्रदेश नम्बर दुई र भक्तपुर, काभ्रे, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक भूगोल कमिटी सदस्यहरु, काठमाडौं क्षेत्र नम्बर एक, कामनपा वडा नम्बर ३२ र सम्बन्धित सम्पर्क कमिटी पनि यही जुलुशमा सहभागी हुनेछन् ।

केशरमहल–दरवारमार्ग–तीनधारा पाठशाला–जमल–कमलाक्षी–असन–इन्द्रचोक–जुद्ध शालिक हुँदै न्युरोड हुँदै मूल जुलुशसम्मको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका माननीय सांसदहरु हुनेछन् ।

गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र रसुवा, नुवाकोटको भूगोल कमिटी, काठमाडौं क्षेत्र नम्बर दुई, तीन, चार, पाँच, छ, सात र कामनपा वडा नम्बर ९, सम्बन्धित सम्पर्क कमिटी, सम्पूर्ण जनवर्गीय संगठन÷मोर्चाका सदस्यहरु यसमा सहभागी हुनेछन् ।

जमल–कमलाक्षी–असन–इन्द्रचोक–जुद्ध शालिक, न्युरोड हुँदै सुन्धारा मूल जुलुशसम्मको नेतृत्व गर्नेहरुमा लीलामणि पोख्रेल, केन्द्रीय कमिटी सदस्यहरु, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेशागत, उद्योग व्यवसायी संगठन तथा वुद्धिजीवी क्षेत्रका रहनेछन् ।

मूल जुलुश सुरु हुने स्थान सुन्धारा १२ बजे तय गरिएको छ । उक्त जुलुस सुन्धारा–वीर अस्पताल–जमल–घण्टाघर–बागवजार–पुतलीसडक–पद्मोदय मोड–प्रदर्शनी मार्ग हुँदै सभामा प्रवेश गर्नेछ।

¥याली अघि बढ्ने क्रममा ट्राफिक व्यवस्थापनमा समस्या परे तलका सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न पनि पथिकले सबैसँग आग्रह गरेका छन् । उनले आन्दोलनकारीहरुलाई नेकपा केन्द्रिय संघर्ष कमिटीले निर्धारित गरेका नाराहरु मात्र लगाउन पनि आग्रह गरेका छन् ।

ट्राफिक व्यवस्थानमा समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहोस् :

 

 

वि.सं.२०७७ माघ २८ बुधवार ०८:१४ मा प्रकाशित

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...