माघ २८, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आयोजना गरेको आमशभामा एक दर्जनभन्दा बढि नेताले सम्बोधन गर्ने तय भएको छ । पार्टीका अध्यक्षद्वसहित वरिष्ठ नेता, पार्टी प्रवक्ता र केही स्थायी समिति र केन्द्रीय कमिटीका सदस्यले सम्बोधन गर्ने तय भएको नेकपाले जनाएको छ ।
नेकपाले सम्बोधन गर्ने नेताहरुलाई समावेशी रुपमा समावेश गरेको छ ।
यी हुन् सभालाई सम्बोधन गर्ने नेताहरु
१. अञ्जना विशंखे, केन्द्रीय कमिटी सदस्य
२. अमृता थापामगर, केन्द्रीय कमिटी सदस्य, तथा अध्यक्ष, अनेमसंघ
३. महफुज अन्सारी, केन्द्रीय कमिटी सदस्य
४. रामकुमारी झाँक्री, केन्द्रीय कमिटी सदस्य
५. रामचन्द्र झा, केन्द्रीय कमिटी सदस्य
६. सन्तकुमार चौधरी, केन्द्रीय कमिटी सदस्य
७. जनार्दन शर्मा, स्थायी कमिटी सदस्य तथा इन्चार्ज, कर्णाली प्रदेश
८. देवप्रसाद गुरुङ, स्थायी कमिटी सदस्य
९. भीमबहादुर रावल, स्थायी कमिटी सदस्य तथा इन्चार्ज
१०. रघुजी पन्त, स्थायी कमिटी सदस्य
११. नारायणकाजी श्रेष्ठ, प्रवक्ता, सचिवालय सदस्य , संयोजक, केन्द्रीय संघर्ष समिति
१२. झलनाथ खनाल, वरिष्ठ नेता, एवम् पूर्वप्रधानमन्त्री
१३. माधवकुमार नेपाल, अध्यक्ष, एवम् पूर्वप्रधानमन्त्री
१४. पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, एवम् पूर्वप्रधानमन्त्री
वि.सं.२०७७ माघ २८ बुधवार १२:१५ मा प्रकाशित






























