२८ माघ, काठमाडौँ । बंग्लादेश क्रिकेट टिमलाई वेस्टइंडिज विरुद्धको दोस्रो टेस्ट अगाडी ठुलो झट्का लागेको छ । वेस्टइंडिज विरुद्धको दोस्रो टेस्ट अगाडी चोटको कारणले गर्दा टिमबाट अलराउण्डर शाकिब अल हसन र ओपनिङ्ग ब्याट्सम्यान शादमान इस्लाम बाहिरिएका छन ।
दुवै खेलाडी वेस्टइंडिज विरुद्धको पहिलो टेस्टमा फिल्डिङ्ग गर्ने क्रममा चोटिल हुन पुगेका थिए । बंग्लादेश क्रिकेट र्बोडले शाकिब अल हसनको स्थानमा सौम्या सरकारलाई टिममा भित्राएको छ भने शादमान इस्लामको स्थानमा अहिलेसम्म कुनै पनि खेलाडीलाई टिममा बोलाएको छैन ।
वेस्टइंडिज विरुद्धको पहिलो टेस्टमा ओपनर शादमान इस्लामले ६४ रन बनाएका थिए भने शाकिब अल हसनले ६८ रन बनाएका थिए ।
वेस्टइंडिज क्रिकेट टिमले पहिलो टेस्टमा ३ विकेट जित निकाल्दैँ २ खेलको श्रृखलामा १-० ले अग्रता लिएको छ । यी दुई टिम बिचको तेस्रो तथा अन्तिम टेस्ट बिहिबारबाट सुरु हुनेछ ।
वि.सं.२०७७ माघ २८ बुधवार १२:२५ मा प्रकाशित

























