back
CTIZAN AD

पहिलो टेस्टमा भारत पराजित भएसँगै यस्तो बन्यो “आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप” को अकं तालिका, फाइनलमा कुन टिम पुग्ला त ?

वि.सं.२०७७ माघ २८ बुधवार

681 

shares

२७ माघ, काठमाडौँ । इंल्याण्ड र भारत बिच चेन्नाईमा भएको पहिलो टेस्टमा भारत २२७ रनले पराजित भएसँगै आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको अकं तालिका रोमाञ्चक बनेको छ ।

पहिलो टेस्ट अगाडी अकं तालिकाको शिर्ष स्थानमा रहेको भारत पराजित भएसँगै चौथो स्थानमा झरेको छ भने इंल्याण्ड क्रिकेट टिम शिर्ष स्थानमा पुगको छ ।

न्यूजिल्याण्ड क्रिकेट टिम आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरिसकेको छ । त्यसैगरी पाकिस्तान, साउथ अफ्रिका, वेस्टइंडिज, श्रीलंका र बंग्लादेश आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको प्रतियोगीताबाट बाहिरिसकेका छन । अष्ट्रेलिया, इंल्याण्ड र भारतको फाइनलमा प्रवेश गर्ने सम्भावना जिवितै रहेको छ ।

भारतीय टिमलाई फाइनलमा प्रवेश गर्नको लागि इंल्याण्ड विरुद्धको ४ खेलको टेस्ट श्रृखला ३-१ अथवा २-१ ले जित्न पर्ने छ भने इंल्याण्डलाई फाइनलमा प्रवेश गर्नको लागि भारत विरुद्धको टेस्ट श्रृखला ३-१, ३-० अथवा ४-० ले जित्न पर्ने छ ।

त्यसैगरी भारत र इंल्याण्ड बिचको ४ खेलको टेस्ट श्रृखलामा बराबरीमा रोकिए अथवा इंल्याण्डले श्रृखला १-०, २-०, २-१ ले आफ्नो नाममा गरेमा आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा अष्ट्रेलियाले प्रवेश गर्ने छ ।

आईसीसी वर्ल्ड टेस्ट च्याम्यिनसिपको फाइनल खेल इंल्याण्डको लड्स मैदानमा जुन १८ देखि जुन २२ सम्म हुनेछ ।

वि.सं.२०७७ माघ २८ बुधवार १३:३८ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...