back
CTIZAN AD

करिष्मा मानन्धरलाई महानायिकाको उपाधि

वि.सं.२०७७ माघ २८ बुधवार

615 

shares

काठमाडौं । नेपाली सिने क्षेत्रमा अभिनेताहरूलाई महानायक, मेघा स्टारको उपाधि दिइएको छ । तसर्थ यी उपाधि राजेश हमाल र अनमोल केसीले पाइरहेका छन् ।

अभिनेतालाई यी उपाधि दिएता पनि अभिनेत्रीहरुलाइ यी उपाधि बाट भने टाढा नै पारिएको छ । यस क्षेत्रमा अभिनेत्रीहरूले पु¥याएको योगदान बारे भने केही लेखा जोखा गरिएको छैन । न महानायिकाको उपाधि न त मेघा स्टारको उपाधीनै पाएका छन् ।

अभिनेत्री नाम बाट मात्रै सीमित गराएका नायिकाहरूलाई अब उपाधि दीन थालिएको छ । हालैको प्रसंग । अभिनेत्री करिष्मा मानन्धरलाई एक संस्थाले ‘महानायिका’को मुकुट पर्हियाइदिएको छ । आरके इन्टरटेनमेन्टले आफ्नो बिसौँ वार्षिकोत्सवको अवसरमा नायिका करिश्मा मानन्धरलाई महानायिका उपाधि दिएको हो ।

सोही संस्थाले करिब एक दशकअघि अभिनेता राजेश हमाललाई महानायकको उपाधि दिएको थियो । राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त कार्यक्रममा मानन्धरलाई महानायिका देखिने स्यासे र क्राउन लगाइदिएका थिए । सम्मानित भएपछि करिष्माले भनेकी छिन्, –‘जुन सम्बोधन गरेर मलाई सम्मान प्रदान गर्नुभयो । म यसलाई एउटा कलाकारलाई गरेको सम्मानका रूपमा लिएकी छु । र, उहाँहरूप्रति धेरै आभारी छु ।’ सन् १९७४ मा ललितपुरमा जन्मिएकी करिश्माले १४ वर्षको उमेरमा ‘सन्तान’बाट डेब्यु गरेकी हुन् ।

उनका मायालु, भाउजू, पंन्छी, रणभूमि लगायत चलचित्र हिट छन् । महानायक राजेश हमाल नीर शाह, कुलमान घिसिङ, गीतकार डा।भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तित्वहरूको पनि कार्यक्रममा उपस्थित रहेको थियो भने सोही संस्थाले यी कलाकारहरूलाई राष्ट्रिय सम्मान प्रदान गरेको थियो ।

वि.सं.२०७७ माघ २८ बुधवार १३:५१ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...