back
CTIZAN AD

प्रतिगमनकाविरुद्ध समग्र महिलाहरु कफन बाँधेर अगाडि बढ्छौं-नेतृ अमृता थापा

वि.सं.२०७७ माघ २८ बुधवार

759 

shares

२८ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा नेतृ अमृता थापा मगरले संविधान रक्षाका लागि महिलाहरु कफन बाँधेर अगाडि बढ्ने बताएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षद्धारा आयोजित वृहत् जनप्रदर्शन कार्यक्रममा बोल्दै अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत रहेकी जसले राष्ट्रियताको पक्षमा नालापानी युद्धमा बच्चा बोकेर लडेको, जनतन्त्र र जनजीवीकाको सवालमा जेल ब्रेक गरेर आएका उनीहरु अझै पनि प्रतिगमनका विरुद्ध कफन बाँधेर अघि बढेको र बढिरहने बताइन् ।

थापाले निर्मला पन्त र भागरथी भट्टको हत्याराहरुलाई कारबाही र पहिचान गर्न नसक्नेहरुलाई ७ हजार वडाका सम्पूर्ण महिलाहरुलाई प्रतिगमन नसच्चिदा सम्म आत्मरक्षाको तालिम लिँदै हातमा चुलेसी, खुकुरी, डाडु पन्यु लिएर उठ्न आव्हान समेत गरिन् ।

नेतृ थापाले पश्चातापको आँसु बगाउने केपी ओलीलाई प्रतिगमन भएको भन्ने लागेको हो भने आजै बालकोट गएर बस्न चेतावनी समेत दिएकी थिइन् । ‘होइन भने संस्थागत राजतन्त्रलाई फाल्दै श्रीपेचको फुटवल खेलेको जनताको इतिहास छ, त्यसकारण तिमी त भर्खरै श्रीपेच गुथ्न मन लागेको नयाँ तानशाह भएको हुनाले शान्तिपूर्ण जनआन्दोलन काफी छ,’ उनले भनिन् ‘चिडियाखाना पनि लैजानु पर्दैन, जहाँसम्म प्रतिगमनका मतियारहरु छन् । तिनीहरुलाई चिडिया खान होइन, आर्यघाट लैजान महिलाहरु तयार छन् ।’

वि.सं.२०७७ माघ २८ बुधवार १५:२८ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...