back
CTIZAN AD

दुर्घटना न्यूनीकरण गर्न पुराण लगाइने

वि.सं.२०७३ माघ १४ शुक्रवार

678 

shares

१४ माघ,इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा सडक दुर्घटना न्यूनीकरण गर्न श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको छ ।

दुर्घटनाग्रस्त क्षेत्र मानिने पूर्व पश्चिम राजमार्गअन्तर्गत मधेसा गाविसमा पर्ने भोटेपुल आसपास सडक किनारमा माघ १६ गते आइतबार श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको हो । नमुना भजनकीर्तन समूह इनरुवा–३ सुनसरीको आयोजनामा सडक दुर्घटनामा परी ज्यान गुमाउने मृतजनको आत्माको शान्तिको कामना गर्दै पितृहरुको उद्धार र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ एक दिवसीय भागवत पुराण आयोजना गर्न लागिएको हो ।

सडकमै आयोजना हुने भागवत् पुराणमा वेद र रुद्री पाठका साथै लक्षवत्ती प्रज्वलन गरिने संस्थाकी अध्यक्ष तारा सुवेदीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा अत्यधिक सडक दुर्घटना बढेको र मानवीय क्षतिलाई दृष्टिगत गर्दै पुराण आयोजना गर्न लागिएको स्थानीयवासी मनोज निरौलाले जानकारी दिनुभयो ।

वि.सं.२०७३ माघ १४ शुक्रवार ०४:४६ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...