२ फागुन, काठमाडौँ । पाकिस्तान र दक्षिण अफ्रिका बिचको दोस्रो टि-२० मा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै टि-२० श्रृखलामा बराबरी गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो । पाकिस्तानका लागि ब्याटिङ्गमा मोहम्मद रिजवानले सर्वाधिक ५१ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका लागि ड्वाइन प्रिटोरियसले उत्कृष्ट बलिङ्ग गर्दै ४ ओभरमा १७ रन खर्चेर ५ विकेट निकालेका थिए ।
पाकिस्तानले दिएको १४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्स र पिट भ्यान बिलजोनले सर्वाधिक ४२ ४२ रन बनाएका थिए । त्यसैगरी पाकिस्तानका लागि बलिङ्गमा शाहिन अफ्रिदीले सर्वाधिक २ विकेट लिएका थिए ।
जितसँगै दक्षिण अफ्रिकाले पाकिस्तान विरुद्धको ३ खेलको टि-२० श्रृखलामा १ १ ले बराबरी गरेको छ ।
वि.सं.२०७७ फागुन २ आइतवार १०:०६ मा प्रकाशित




























