back
CTIZAN AD

प्राधिकरणको रु दुइ करोड बक्यौता असुली

वि.सं.२०७३ माघ १४ शुक्रवार

873 

shares

पथरी (मोरङ) । समयमा बिल नतिर्ने सेवाग्राहीबाट नेपाल विद्युत् प्राधिकरण विराटनगरले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुल गरेको छ ।

प्राधिकरण विराटनगर प्रमुख शम्भु कुुुुसियत यादवअनुसार गत साउनदेखि माघ सम्मको ६ महिनाको अवधिमा प्राधिकरण विराटनगर शाखाले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुलेको हो ।

लामो समयदेखि बिल नतिर्ने तीनसय ६० ग्राहकको लाइन काटेकामा तीनसय २५ जनाले रकम तिरेर पुनः लाइन जडान गरेपछि सो रकम असुल भएको प्राधिकरणका विराटनगर प्रमुख यादवको भनाइ छ । १० हजारभन्दा बढी रकम नतिर्ने ग्राहकको लाइन काट्ने गरेको समेत उहाँको भनाइ छ ।

रु २७ करोड बढी राजस्व सङ्कलन

यसैबीच, मालपोत कार्यालय विराटनगरले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ । मालपोत कार्यालय विराटनगरका प्रमुख नरेन्द्र पौडेलका अनुसार कार्यालयले ६ महिनाको अवधिमा घरजग्गा रजिस्ट्रेसन पास गरेबापत रु २४ करोड ५५ लाख ९४ हजार राजस्व सङ्कलन गरेको हो ।

त्यसैगरी, दृष्टि बन्धक नामसारीबाट रु दुई करोड ७० लाख ४५ हजार राजस्व उठाएको प्रमुख पौडेलको भनाइ छ । कार्यालयले पुर्जा बिक्रीबाट रु २१ लाख र रोक्का दस्तुरबाट रु ३८ लाख सङ्कलन गरेको छ । गत आवमा भूकम्प, नाकाबन्दी लगायतका कारणले जम्मा रु साढे ३४ करोड मात्रै राजस्व सङ्कलन गरेको सो कार्यालयका प्रमुख पौडेलको भनाइ छ ।

वि.सं.२०७३ माघ १४ शुक्रवार ०६:३८ मा प्रकाशित

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...