
नेपाल पर्यटन बोर्डले स्वीडेनका लागि पर्यटन दूतमा नविन थपलियालाई चयन गरेको छ ।
एनआरएनए आइसीसी सदस्य तथा नेपाली जनसम्पर्क समिति स्वीडेनका अध्यक्ष थपलियालाई स्वीडेनबासीबीच नेपालको पर्यटन प्रवद्र्धन तथा पर्यटन विकासको जिम्मेवारी दिदैँ पर्यटन दूतमा नियुक्त गरिएको पर्यटनबोर्डले जनाएको छ ।
युरोपको नेपाली समाजमा सामाजिक अभियन्ताका रुपमा परिचित रहेका थपलिया २ वर्षका लागि (२०१७ देखि २०१९) पर्यटन दूतमा नियुक्त भएका हुन् ।
नेपाल पर्यटन बोर्डले यसअघि पनि युरोपका विभिन्न देशमा रहेका सामाजिक अभियन्ताका रुपमा रहेका नेपालीहरुलाई पर्यटन दूतमा नियुक्त गरेका छ ।
वि.सं.२०७३ माघ १४ शुक्रवार ०७:२४ मा प्रकाशित