back

प्राधिकरणको रु दुइ करोड बक्यौता असुली

वि.सं.२०७३ माघ १४ शुक्रवार

567 

shares
GLOBAL IME AD
NTC AD

पथरी (मोरङ) । समयमा बिल नतिर्ने सेवाग्राहीबाट नेपाल विद्युत् प्राधिकरण विराटनगरले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुल गरेको छ ।

प्राधिकरण विराटनगर प्रमुख शम्भु कुुुुसियत यादवअनुसार गत साउनदेखि माघ सम्मको ६ महिनाको अवधिमा प्राधिकरण विराटनगर शाखाले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुलेको हो ।

लामो समयदेखि बिल नतिर्ने तीनसय ६० ग्राहकको लाइन काटेकामा तीनसय २५ जनाले रकम तिरेर पुनः लाइन जडान गरेपछि सो रकम असुल भएको प्राधिकरणका विराटनगर प्रमुख यादवको भनाइ छ । १० हजारभन्दा बढी रकम नतिर्ने ग्राहकको लाइन काट्ने गरेको समेत उहाँको भनाइ छ ।

रु २७ करोड बढी राजस्व सङ्कलन

यसैबीच, मालपोत कार्यालय विराटनगरले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ । मालपोत कार्यालय विराटनगरका प्रमुख नरेन्द्र पौडेलका अनुसार कार्यालयले ६ महिनाको अवधिमा घरजग्गा रजिस्ट्रेसन पास गरेबापत रु २४ करोड ५५ लाख ९४ हजार राजस्व सङ्कलन गरेको हो ।

त्यसैगरी, दृष्टि बन्धक नामसारीबाट रु दुई करोड ७० लाख ४५ हजार राजस्व उठाएको प्रमुख पौडेलको भनाइ छ । कार्यालयले पुर्जा बिक्रीबाट रु २१ लाख र रोक्का दस्तुरबाट रु ३८ लाख सङ्कलन गरेको छ । गत आवमा भूकम्प, नाकाबन्दी लगायतका कारणले जम्मा रु साढे ३४ करोड मात्रै राजस्व सङ्कलन गरेको सो कार्यालयका प्रमुख पौडेलको भनाइ छ ।

वि.सं.२०७३ माघ १४ शुक्रवार ०६:३८ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्सेमा...

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

बुर्तिबाङमा प्रभु बैंकको ”ग्लोबल मनी वीक २०२५” को र्‍याली

बुर्तिबाङमा प्रभु बैंकको ”ग्लोबल मनी वीक २०२५” को र्‍याली

बाग्लुङ । प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयद्वारा बागलुङ्ग जिल्लाको पश्चिम...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...