back
CTIZAN AD

नांगो साबुनमा प्रेस काउन्सीलको आँखा

वि.सं.२०७३ माघ १४ शुक्रवार

960 

shares

press-release

१४ माघ, काठमाडौं । केहिदिन देखि नेपाली संचारमाध्यममा “कतै तपाइको नांगो साबुनमा बोसो त छैन ?” भन्दै छापिएको बेनामे विज्ञापनका सन्दर्भमा प्रेस काउन्सील नेपालले चासो व्यक्त गरेको छ ।
प्रेस काउन्सील नेपालले शुक्रबार एक प्रेस बक्तव्य जारी गर्दै सो विज्ञापन कसले गरेको हो भनेर उल्लेख नभएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सीलका अध्यक्ष बोर्ण बहादुर कार्कीद्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ “विज्ञापनको विश्वसनियताको लागि विज्ञापन दिने व्यक्ति वा संस्थाको नाम उल्लेख गर्नुपर्नेमा सोको विपरीत संप्रेषित उक्त विज्ञापनबाट पत्रकार आचारसंहिता २०७३ को दफा ४ (७) र ५ (८) उल्लंघन भएको हुँदा बिज्ञापन दिने व्यक्ति र संस्थाको नाम उल्लेख नगरी विज्ञापन संप्रेषित नर्गन नगराउनु हुन सम्पूर्ण संचारमाध्यमलाई प्रेस काउन्सील सचेत गराउँदछ ।”
केहि दिन देखि नेपालका राष्ट्रिय दैनिकहरुमा आएको उक्त विज्ञापनमा “आफूले प्रयोग गर्ने साबुनमा के छ ? केका लागि प्रयोग गर्ने ? भन्ने थाहा पाउनु हरेक उपभोक्ताको अधिकार हो, त्यसैले सबै जानकारीयूक्त लेबल भएको साबुन मात्र प्रयोग गरौं भन्ने जस्ता” शब्दहरु प्रयोग भएका छन् । झट्ट हेर्दा लाग्छ यस्तो सूचना उपभोक्ताको हितमा नेपाल सरकारले नै जारी गरेको हो । तर, यस्तो विज्ञापनमा कहि कतै कम्पनीको नाम देखिदैन् । यस्तो विज्ञापन दिने कम्पनी कुन हो भन्ने न त बिज्ञापन छाप्ने संचारमाध्यमले नै खुलाउन सकेका छन्, नत उपभोक्ताहरुले नै ।
पछिल्लोपटक नेपाली संचारमाध्यममा उपभोक्तालाइ भ्रममा पार्ने यस्ता विज्ञापनहरु धेरै नै आउने गरेका छन् । केहि महिना अघि “नेपालमा रकेट आउँदै” भनेर टेलिभिजनबाट यस्तै वेनामे नाम विज्ञापन प्रसारण गरेको पाइएको थियो । त्यतिबेला पनि उपभोक्ता अन्योलमा परेका थिए । यहि सोच्दै, के हो यो रकेट भन्ने ? के आउँदैछ नेपालमा ? पछि सोहि टेलिभिजनबाट “नेपालमा रकेट आइसक्यो” भनेर जुत्ता कम्पनीको नाममा पुन ः सोहि बिज्ञापन प्रशारण गरिएको थियो ।

 

 

 

वि.सं.२०७३ माघ १४ शुक्रवार ११:४८ मा प्रकाशित

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन...

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...