back

नांगो साबुनमा प्रेस काउन्सीलको आँखा

वि.सं.२०७३ माघ १४ शुक्रवार

507 

shares
GLOBAL IME AD
NTC AD

press-release

१४ माघ, काठमाडौं । केहिदिन देखि नेपाली संचारमाध्यममा “कतै तपाइको नांगो साबुनमा बोसो त छैन ?” भन्दै छापिएको बेनामे विज्ञापनका सन्दर्भमा प्रेस काउन्सील नेपालले चासो व्यक्त गरेको छ ।
प्रेस काउन्सील नेपालले शुक्रबार एक प्रेस बक्तव्य जारी गर्दै सो विज्ञापन कसले गरेको हो भनेर उल्लेख नभएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सीलका अध्यक्ष बोर्ण बहादुर कार्कीद्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ “विज्ञापनको विश्वसनियताको लागि विज्ञापन दिने व्यक्ति वा संस्थाको नाम उल्लेख गर्नुपर्नेमा सोको विपरीत संप्रेषित उक्त विज्ञापनबाट पत्रकार आचारसंहिता २०७३ को दफा ४ (७) र ५ (८) उल्लंघन भएको हुँदा बिज्ञापन दिने व्यक्ति र संस्थाको नाम उल्लेख नगरी विज्ञापन संप्रेषित नर्गन नगराउनु हुन सम्पूर्ण संचारमाध्यमलाई प्रेस काउन्सील सचेत गराउँदछ ।”
केहि दिन देखि नेपालका राष्ट्रिय दैनिकहरुमा आएको उक्त विज्ञापनमा “आफूले प्रयोग गर्ने साबुनमा के छ ? केका लागि प्रयोग गर्ने ? भन्ने थाहा पाउनु हरेक उपभोक्ताको अधिकार हो, त्यसैले सबै जानकारीयूक्त लेबल भएको साबुन मात्र प्रयोग गरौं भन्ने जस्ता” शब्दहरु प्रयोग भएका छन् । झट्ट हेर्दा लाग्छ यस्तो सूचना उपभोक्ताको हितमा नेपाल सरकारले नै जारी गरेको हो । तर, यस्तो विज्ञापनमा कहि कतै कम्पनीको नाम देखिदैन् । यस्तो विज्ञापन दिने कम्पनी कुन हो भन्ने न त बिज्ञापन छाप्ने संचारमाध्यमले नै खुलाउन सकेका छन्, नत उपभोक्ताहरुले नै ।
पछिल्लोपटक नेपाली संचारमाध्यममा उपभोक्तालाइ भ्रममा पार्ने यस्ता विज्ञापनहरु धेरै नै आउने गरेका छन् । केहि महिना अघि “नेपालमा रकेट आउँदै” भनेर टेलिभिजनबाट यस्तै वेनामे नाम विज्ञापन प्रसारण गरेको पाइएको थियो । त्यतिबेला पनि उपभोक्ता अन्योलमा परेका थिए । यहि सोच्दै, के हो यो रकेट भन्ने ? के आउँदैछ नेपालमा ? पछि सोहि टेलिभिजनबाट “नेपालमा रकेट आइसक्यो” भनेर जुत्ता कम्पनीको नाममा पुन ः सोहि बिज्ञापन प्रशारण गरिएको थियो ।

 

 

 

वि.सं.२०७३ माघ १४ शुक्रवार ११:४८ मा प्रकाशित

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार

टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार

स्याङ्जा । स्याङ्जामा एक शिक्षकले टिउसन पढ्न बोलाएर विद्यार्थीमाथि यौन...

चिया बेचेरै मासिक ५० हजार आम्दानी

चिया बेचेरै मासिक ५० हजार आम्दानी

मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया...

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य...