back

चेन्नईंमा आलेको स्मृति दिबसका अवसरमा १९५० को सन्धि बारे छलफल

वि.सं.२०७३ माघ १५ शनिवार

885 

shares

prabasi-nepali-bharat-ale-1
टिका पौडेल
प्रवासी नेपाली संघ भारत तमिलनाडु पुदुचेरी संयुक्त राज्य समितिले जनवरी २६ का दिन संघका संस्थापक नेता स्व. एकदेब आले मगरको ४९ औं स्मृति दिबस तथा संघको स्वर्णजयन्ति समारोह सन्दर्भ पारेर सन् १९५० को नेपाल भारत बीचको सन्धि पुनरावलोकन तथा प्रवासी नेपालीको सरोकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
prabasi-nepali-bharat-ale-2चेन्नईंको तिरुभतियुर भिम्को नगरस्थित सीपीआईएमको कार्यालयमा सम्पन्न सो कार्यक्रममा प्रवासी नेपाली संघ भारतको तर्फबाट केन्द्रीय सचिब कृष्ण पालुवा र मुलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य महेन्द्र बस्यालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संघका केन्द्रीय सल्लाहकार टिका पौडेलले संघको स्वर्ण जयन्ति बारे र संघका केन्द्रीय लेखा बिभाग सदस्य इन्द्र पौडेलले संस्थापक नेता स्व कमरेड एकदेब आले मगरको जिबनी बारे सम्बोधन गर्नुभएको थियो भने नेजसका कांसिराम शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।

prabasi-nepali-bharat-ale-3

दुर्गा पौडेलको सञ्चालन र टिकाराम भुवांजीको अध्यक्षता र तेजेन्द्रप्रसाद शर्माको स्वागत मन्तब्य पछि अघिबढेको सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय पोलिटब्यूरो सदस्य, प्रवास इन्चार्ज, पूर्वसभासद, आईएलओकी सेन्ट्रल गभरमिंगबड़ी सदस्य बिन्दा पाण्डेको प्रमुख आतिथ्यता रहेको सोक कार्यक्रममा अन्य अतिथिहरुमा कृष्ण पालुवा, बेलदास चापागाईं, टिका पौडेल, महेन्द्र शर्मा, इन्द्र पौडेल, लीला पौडेल, महेन्द्र बश्याल (मुल प्रवाह अभानेएस), दुर्गाबहादुर कार्की (नेजस) आदि रहनु भएको थियो ।
कार्यक्रमको अन्तमा प्रमुख अतिथि बिन्दा पांडेले समीक्षात्मक टिपण्णी सहित सम्बोधन गर्नुभएको थियो । सो अवसरमा मिर्मिरे सांस्कृतिक परिबारका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर थप रोचकता थपेको थियो ।

वि.सं.२०७३ माघ १५ शनिवार ०१:५१ मा प्रकाशित

Himalayan Life AD
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...