back
CTIZAN AD

चौथो नुवाकोट महोत्सव सुरु

वि.सं.२०७३ माघ १५ शनिवार

954 

shares

mohatsabnuwakot१५ माघ, त्रिशूली (नुवाकोट) । ‘दिगो आर्थिक विकासको लागि व्यावसायिक प्रवद्र्धन, धार्मिक तथा ऐतिहासिक नुवाकोटको पहिचान–कला, संस्कृति सम्बद्र्धन र समुन्नत नुवाकोट हाम्रो अभियान’ भन्ने नाराको साथ आजबाट चौथो नुवाकोट महोत्सव सुरु भएको छ ।

बट्टारको नयाँ वसपार्कमा आयोजित महोत्सवको विहिबार सहरी विकासमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उद्घाटन गर्दै महोत्सवले नुवाकोटका आर्थिक समृद्धिमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री केसीले नुवाकोट भारत र चीन जोड्ने मार्गमा पर्ने भएकाले व्यावसायिक क्षेत्रको रुपमा विकास हुँदै गएको बताउनुभयो । “नुवाकोटबाटै भारत–नेपाल–चीन जोडिने छोटो दुरीको रक्सौल–वीरगन्ज–गल्छी–विदुर–धुन्चे–रसुवागढी सडक छ । राजधानीबाट पनि निकै नजिक भएकाले आर्थिक रुपले सम्बृद्ध बनाउन सबै एक हुनुपर्छ” उहाँले भन्नुभयो ।

मन्त्री केसीले नुवाकोटलाई कृषि उत्पादन, कुखुरापालन व्यवसाय, ट्राउट माछा, स्ट्रवेरीले समेत चिनाएका कारण लगानीका सम्भावना धेरै रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

दुई सय ५० स्टलमा कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री, विज्ञान तथा उपयुक्त प्रविधिको प्रर्दशनी, लघु घरेलु हस्तकलाका सामग्रीहरूको बिक्री, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रतिभा प्रस्तुति, रेन्वो ट्राउट माछाको परिकारको बिक्री तथा प्रदर्शनी, ग्रामीण पर्यटन विकास हुने कार्यक्रम, ¥याफ्टिङको सुविधासहितका कार्यक्रम राखिएको छ ।

महोत्सवमा भूकम्प प्रतिरोधी घरका नमुना प्रदर्शनी विशेषज्ञसहित परामर्शका साथै स्थानीय कलाकारले प्रस्तुती रहने आयोजक उद्योग वाणिज्य सङ्घ नुवाकोटले जनाएको छ । रासस

१५ माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न निर्धारित समयमै तीनै तहको निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा शुक्रबार बसेको निर्देशक समितिको पहिलो बैठकले सबै दललाई दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका लागि साझा धारणा बनाउन आग्रह गरेको छ ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार बैठकले मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गरी पार्टीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने ठहर गरेको छ ।

सो पार्टीमा राष्ट्रिय अध्यक्षमा लोहनीले जिम्मेवारी सम्हालेपछि उहाँको नेतृत्वमा पहिलो पटक बसेको बैठकले मध्यममार्गको माध्यमबाट अब देशमा विद्यमान समस्यालाई समाधान गरी जनताको अधिकार तथा राजनीतिक उपलब्धिलाई संरक्षण गर्नुपर्नेमा सहभागी नेताले सुझाव दिएका थिए ।

पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म हुने महाधिवेशनमा प्रतिनिधि छनोटका लागि शनिबार महानगर तथा काठमाडौँ उपत्यकाका विभिन्न आठ नगरको अधिवेशन सम्पन्न गर्ने कार्यक्रम छ ।

वि.सं.२०७३ माघ १५ शनिवार ०२:४६ मा प्रकाशित

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...

नेपालमा बाघको सङ्ख्या ४२९

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ...

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी...

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका...

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...