back
CTIZAN AD

बौद्ध साहित्यको दुर्लभ कृति ‘बोधिपथदर्पण’ को नेपाली संस्करण बजारमा

वि.सं.२०७३ माघ १५ शनिवार

795 

shares

१५ माघ, काठमाडौँ । बौद्ध साहित्यको दुर्लभ कृति ‘बोधिपथदर्पण’ को नेपाली संस्करण शुक्रबारदेखि बजारमा आएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिले भूकम्पपछि क्षतिग्रस्त भएको सौ चैत्य जीर्णोद्वार सम्पन्न गरेको अवसर पारेर कृति प्रकाशन गरिएको हो ।

तिब्बतको भोट भाषामा सङ्ग्रह गरिएको प्राचीन कृतिलाई बौद्ध विद्वान् टीका शेर्पाले नेपालीमा अनुवाद गर्नुभएको हो । समग्र बुद्ध उपदेशका सार संक्षेपका रुपमा ल्याइएको उक्त पुस्तकमा नैतिकता तथा सत्मार्गमा लाग्न प्रेरणा दिइएको छ ।

अन्तर्राष्ट्रिय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेले पुस्तकको विमोचन गर्दै बुद्धको लोककल्याणकारी उपदेशलाई सर्वसाधारणसम्म पु¥याउन सकेमा समाजमा शान्ति तथा भ्रातृत्व कायम हुने बताउनुभयो ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बौद्ध धर्म, संस्कृति, र दर्शनको प्रवद्र्धन गर्ने उद्देश्यले सो कृति प्रकाशन गरेको जानकारी दिँदै पछिल्लो समयमा विश्वमा बढ्दै गएको अशान्ति तथा हिंसालाई न्यूनीकरण गर्न बौद्ध साहित्य तथा मार्गदर्शनलाई व्यवहारमा उतार्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

पुस्तकका अनुवादक तथा बौद्ध विद्वान् शेर्पाले शाक्यमुनि बुद्धले बोधसत्व प्राप्त गरेपछि समाजमा प्रचार गरेका धर्म तथा उपदेशको सारांशलाई मृतिमा समेटिएको बताउँदै बौद्ध दर्शनमा ध्यानको महत्वलाई कृतिमा देखाउन खोजिएको बताउनुभयो ।

वि.सं.२०७३ माघ १५ शनिवार ०२:४८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...