back
CTIZAN AD

भारतको विरुद्धको तेस्रो टेस्टका लागि इंल्याण्डको टिमको घोषणा; बाहिरिए मोइन अलि, टिममा फर्किए यी दिग्गज खेलाडीहरू

वि.सं.२०७७ फागुन ५ बुधवार

717 

shares

५ फागुन, काठमाडौँ । भारतको विरुद्धको तेस्रो टेस्टको लागि इंल्याण्ड क्रिकेट र्बोडले आफ्नो खेलाडीहरुको चयन गरेको छ । इंल्याण्ड क्रिकेट र्बोडले जो रुटको कप्तानीमा १७ खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।

भारत विरुद्धको दोस्रो टेस्टमा उत्कृष्ट ब्याटिङ्ग र बलिङ्ग गरेका मोइन अलि तेस्रो र चौथो टेस्टका लागि उपलब्ध रहने छैनन् । उनी आफ्नो परिवारसँग समय बिताउनको लागि इंल्याण्ड फर्कदैँ छन । त्यसैगरी भारत विरुद्धको पहिलो र दोस्रो टेस्टका लागि विश्राम दिईएका जोनी बेयरस्टो र मार्क वुड टिममा फर्केका छन ।

विकेट किपर ब्याट्सम्यान जोनी बेयरस्टोले इंल्याण्डका लागि टेस्ट क्रिकेटमा ७२ खेलबाट ३५.०३ को औसतले ४१६९ रन बनाएका छन भने फास्ट बलर मार्क वुडले १८ टेस्टबाट ५३ विकेट लिएका छन ।

भारत र इंल्याण्ड बिचको तेस्रो टेस्ट अहमदाबादमा २४ फेब्रुअरीबाट सुरु हुनेछ । ४ खेलको टेस्ट श्रृखला अहिले १-१ को बराबरीमा रहेको छ ।

भारत विरुद्धको तेस्रो टेस्टका लागि इंल्याण्डको टिम :
जो रुट, जेम्स एन्डरसन, जोफ्रा आर्चर, जोनी बेयरस्टो, डोमिनिक बेस, स्टुअर्ट ब्रड, रोरी बर्न्स, ज्याक क्रली, बेन फोक्स, ड्यान लरेन्स, ज्याक लिच, ओली पोप, डोम सिब्ली, बेन स्टोक्स, ओली स्टोन, क्रिस वोक्स, मार्क वुड ।

वि.सं.२०७७ फागुन ५ बुधवार १०:२९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...