६ फागुन, काठमाडौं । वृहत् नागरिक आन्दोलनले शुक्रबार टुँडिखेल मार्च गर्ने भएकोे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै प्रधानमन्त्रीको उक्त कदमलाई अलोकतान्त्रिक र प्रतिगमनकारी कदम मान्दै रचनात्मक विरोध प्रदर्शन गर्दै आएको नागरिक समाजले भोली टुँडीखेल मार्च गर्ने भएको हो ।
लोकतन्त्र लोकतन्त्र जस्तो रहेन, गणतन्त्र खास गणतन्त्र भएन । आउनुस् सत्तरी वर्षदेखि बाँकी रहेका सवाल उठाऔं । सबैखाले प्रतिगमनविरुद्ध एकजुट हौऔं भन्दै टुँडीखेल मार्च गर्न लागेको हो ।
टुँडीखेल नागरिकको हो, नागरिककै स्वामित्वमा आउनुपर्छ । टुँडीखेल अब बँदुकको मौजा हुनुहुँदैन । शासकीय कर्मकाण्डको किल्द्यला हुनुहुँदैन अब मुक्त हुनुपर्छ ।’ टुँडीखेल मार्चमा सहभागी हुन भन्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
उक्त विज्ञप्तिका अनुसार दुईबजेदेखि सुरु हुने उक्त मार्चका लागि भेला हुने स्थान शंखधर शाखः पार्क (रत्नपार्क) रहेको छ ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १२:३५ मा प्रकाशित






























