back
CTIZAN AD

निरन्तर स्थगनमा पर्दै आएको नेकपा नामको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाई सुरु

वि.सं.२०७७ फागुन १३ बिहीवार

738 

shares

फागुन १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नाम विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा अन्तिम सुनुवाई सुरु भएको छ । झण्डै तीन वर्ष अगाडि दर्ता गरिएको नेकपा नामसम्बन्धी मुद्दामा अन्तिम सुनुवाई आजदेखि सुरु भएको हो ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा गरिएसँगै ऋषिराम कट्टेलले नामको आधिकारिक पक्ष आफुँ भएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनले २०७५ मंसिर २१ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

तर, उनले दायर गरेको मुद्दा निरन्तर स्थगनमा पर्दै आएको थियो । उक्त मुद्दामा हालसम्म १२ पटकसम्म पेशी तोक्ने र स्थगन हुने भएको थियो ।
आजबाट सुरु भएको अन्तिम सुनुवाई न्यायाधीशद्धय बमबहादुर श्रेष्ठ र कुमार रेग्मीको इजलासमा परेको छ ।

सत्तारुढ नेकपाको विभाजनसँगै आधिकारिकताको विषयमा निर्वाचन आयोगमा सुनुवाई भईरहँदा सर्वोच्चमा ऋषि कट्टेलको मुद्दामाथि अन्तिम सुनुवाई हुनुलाई अर्थपूर्णं रुपमा हेरिएको छ । यसअघि नेकपाकै उपाध्यक्षसमेत रहेका नेता बामदेव गौतमले एक सार्वजनिक टेलिभिजन कार्यक्रममा मुद्दामाथि निष्पक्ष फैसला भएमा नेकपा नाम ऋषि कट्टेल पक्षको नै हुने बताएका थिए ।

वि.सं.२०७७ फागुन १३ बिहीवार १५:११ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...