काठमाडौं । बलिउड फिल्म ‘गंगूबाई काठियावाडी’को टिजर सार्वजनिक भएको छ ।
सञ्जय लीला भन्सालीको निर्देशन रहेको फिल्ममा आलिया भाट्ट र अजय देब्गन मुख्य भूमिकामा देखिएका छन् । फिल्ममा आलिया भट्ट अलग अन्दाजमा देखिएकी छन् । भने डन करीम लालाको भूमिकामा अजय देवगन देखिँदै छन् ।
जुलाई ३० तारिखदेखि प्रदर्शनमा आउने यस फिल्म कमाठीपुरा रेड लाइट एरिया व्यवस्थापनदेखि माफिया रानीको परिचय बनाएकी गंगूबाईको वास्तविक जीवनमा आधारित रहेको छ ।
वि.सं.२०७७ फागुन १३ बिहीवार १५:२३ मा प्रकाशित




























