back
CTIZAN AD

जसपा-माओवादी छलफल सकारात्मक, न्याय खोजिरहेको ठाकुरको प्रतिक्रिया

वि.सं.२०७७ फागुन २९ शनिवार

597 

shares

२९ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल भएको छ । माओवादी केन्द्रसँग छलफल गर्नका लागि जपासका नेताहरु शनिबार बिहान पेरिसडाँडा पुगेका थिए ।

छलफल सकारात्मक भएको तर कुनै टुंगोमा पुगिनसकेको छलफलमा सहभागी नेताहरुले बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै जसपाका अध्यक्ष महन्थ ठाकुरले सबै पक्षसँग वार्ता भइरहेको भए पनि कुनै टुंगोमा नपुगेको बताए ।

कुनै समूहतिर पनि आफूहरु सुरक्षित नहरेको उनको भनाइ थियो । ठाकुरले भने, ‘हामी न्याय खोजिरहेका छौँ कहीँ पनि न्याय पाइरहेका छैनौँ ।’

पछिल्ला दिनहरुमा जसपाले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीसँग पनि लगातार संवाद गरिरहेको छ ।

वि.सं.२०७७ फागुन २९ शनिवार १३:३० मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...