back
CTIZAN AD

पशुपति क्षेत्रबाट २० मेट्रिकटन फोहर व्यवस्थापन

वि.सं.२०७७ फागुन २९ शनिवार

675 

shares

२९ फागुन, काठमाडौं । महाशिवरात्रि मेलापछि पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गर्न थालिएको छ । वाग्मती सफाइ महाअभियानको ४०९औँ हप्तामा पशुपति क्षेत्रको हंसमण्डपमा सफाइ गरी २० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।

महाशिवरात्रिका अवसरमा फागुन २७ गते हंसमण्डप क्षेत्रमा खाना खुवाउने, सांस्कृतिक कार्यक्रमसहित भक्ति सङ्गीतसमेत आयोजना गरिएको थियो । हंसमण्डप क्षेत्रमा प्लाष्टिक, कागजका प्लेट, प्लाष्टिक र कागजका गिलास, बोत्तललगायत फोहर यत्रतत्र फालिएका अवस्थामा वाग्मती सफाइ महाअभियानले सफा गरेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिए ।

फोहरको डङ्गुर जम्मा भए पनि तीन दिनदेखि सफा नगरी थुप्रिएको अवस्थामा भेटिएको अभियानकर्मीको गुनासो छ । भोजन एवं अन्य गतिविधि गर्ने समूहलाई नै सफा गराउन नसकिएको भेटिएको जनाइएको छ ।

सफाइमा मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डे, तिलगङ्गा सफाइ समूह, चक्रपथको उत्तरखण्ड र मैतीदेवी सफाइ समूह पनि पशुपति क्षेत्रको सफाइमा केन्द्रित भएका जनाइएको छ ।

महाअभियानले यसअघि फागुन २२ गतेको सफाइ पनि पशुपति क्षेत्रको सूर्यघाटबाट आर्यघाटसम्म गरेको थियो । महाशिवरात्रिमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले महाशिवरात्रिअघि र पछिका दुवै शनिबार पशुपति क्षेत्रमै सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारीका बेलासमेत निरन्तर हुँदै आएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि नदीका विभिन्न स्थानका साथै यसका सहायक नदीसमेत सफाइ भइरहेको छ ।

महाअभियानबाट प्रभावित भएर देशका मुख्य शहर एवं नदी क्षेत्रमा सफाइ शुरु भएको छ । हाल देशभर १०७ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती नदी किनारमा रहेका मठमन्दिरमा विशेष मेला लाग्ने बेलामा सफाइ महाअभियान तिनै मठमन्दिर केन्द्रित हुने गरेको छ ।

नदी किनारमा रहेका मठमन्दिर व्यवस्थापन समिति एवं स्थानीय सरकारका एकाइ सफाइमा केन्द्रित नभएको भेटिएको अभियानकर्मीको गुनासो छ । शहर, नदी, सम्पदा सफा राख्ने हो भने सबै संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।रासस

वि.सं.२०७७ फागुन २९ शनिवार १३:४४ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...