Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

पन्चानब्बे किलो चरेस बरामद



१७ माघ, धनगढी । धनगढी उपमहानगरपालिका–१८ फूलबारी क्षेत्रबाट प्रहरीले आइतबार ठूलो परिमाणमा चरेस बरामद गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान समूहले पच्चीस घर भन्ने ठाउँका देवबहादुर सिंहको घरबाट पाँचवटा बोरामा लुकाई छिपाई राखेको ९५ किलो चरेस बरामद गरेको हो ।

प्रहरीको लागू औषध ओसारपोसार तथा बिक्री वितरण नियन्त्रण अप्रेसन अन्तर्गत गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले निज सिंहको घरबाट उक्त परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो ।

क्षेत्रीय अनुसन्धान समुहका प्रहरी सहायक निरीक्षकद्वय केशव जोशी र पदम थापाको नेतृत्वमा गएको टोलीले चरेस बरामद गरेको हो । प्रहरीले चरेस भेटिएको घरका मालिक सिंहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा