back
CTIZAN AD

पन्चानब्बे किलो चरेस बरामद

वि.सं.२०७३ माघ १७ सोमवार

1.1K 

shares

१७ माघ, धनगढी । धनगढी उपमहानगरपालिका–१८ फूलबारी क्षेत्रबाट प्रहरीले आइतबार ठूलो परिमाणमा चरेस बरामद गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान समूहले पच्चीस घर भन्ने ठाउँका देवबहादुर सिंहको घरबाट पाँचवटा बोरामा लुकाई छिपाई राखेको ९५ किलो चरेस बरामद गरेको हो ।

प्रहरीको लागू औषध ओसारपोसार तथा बिक्री वितरण नियन्त्रण अप्रेसन अन्तर्गत गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले निज सिंहको घरबाट उक्त परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो ।

क्षेत्रीय अनुसन्धान समुहका प्रहरी सहायक निरीक्षकद्वय केशव जोशी र पदम थापाको नेतृत्वमा गएको टोलीले चरेस बरामद गरेको हो । प्रहरीले चरेस भेटिएको घरका मालिक सिंहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७३ माघ १७ सोमवार ०३:४१ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...