back

पाटाको मानव संसाधन विकास तालिम

वि.सं.२०७३ माघ १७ सोमवार

615 

shares

१७ माघ,काठमाडौँ। पर्यटन क्षेत्रमा जनशक्तिको सीप तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले मानव संसाधन विकाससम्बन्धी तालिम आयोजना गरेको छ ।

पाटाले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहयोगमा आजदेखि काठमाडौँमा ‘स्मार्ट प्राक्टिसेस इन रेस्टुरेन्ट विजनेस’ शीर्षकमा दुईदिने प्रशिक्षण आयोजना गरेको हो ।

तालिममा विशेष प्रशिक्षणका रुपमा हङ्कङ पोलिटेक्निक युनिभर्सिटीका प्रोफेसर डा मुरे म्याकन्सी र ¥यान स्मिथको प्रस्तुती रहने छ । होटेल, रेस्टुरेन्ट, एयरलाइन्स तथा होटेल म्यानेजमेन्ट कलेजका करिब १९० जना तालिममा सहभागी छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले मानव संसाधन सीप विकास र सेवा सुÞदृढीकरण नेपाली पर्यटन क्षेत्रमा आवश्यक भएको बताउनुभयो ।

प्रशिक्षकहरुले रेस्टुरेन्ट तथा क्याटरिङ विजनेसमा नवीनतम तथा सफल अभ्यासअन्तर्गत स्ट्राटेजिक मेनु डिजाइन, रेस्टुरेन्ट टेक्नोलोजी, वाइन सेलिङ एन्ड मार्केटिङ, फुड एन्ड वाइन पेरिङ, वाइन टेस्टिङ जस्ता विषयमा प्रशिक्षण दिने पाटा नेपाल च्याप्टरका कार्यकारी प्रबन्धक सुरेशसिंह बडालले जानकारी दिनुभयो ।

यसैगरी आगामी फेब्रुअरी २ मा रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल–पोखरासँगको सहकार्यमा पोखरामा समेत एकदिने तालिम आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०७३ माघ १७ सोमवार ११:०८ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...