back
CTIZAN AD

उत्तराखण्डमा नयाँ शक्ति विद्यार्थी संघको घोषणा

वि.सं.२०७३ माघ १७ सोमवार

900 

shares

utarakhana-naya-shakti-11

भारतको उत्तराखण्ड राज्यमा नयाँ शक्ति नेपाल निकट, अन्तरास्ट्रिय नेपाली विद्यार्थी संघ (उत्तराखण्ड राज्य समिति) घोषणा भएको छ। अन्तरास्ट्रिय नेपाली विद्यार्थी संघ-भारतका केन्द्रिय संयोजक बादल बस्नेतको सभापतित्वमा उत्तराखण्डको देहरादुन सहरमा बसेको हो। कार्यक्रममा अन्तरास्ट्रिय नेपाली समाज भारत संयुक्त दिल्ली राज्य समिति संयोजक रमेश शर्मा र समाजका केन्द्रिय कार्यालय सचिब बिरेन्द्र सिंह ठकुरीको बिशेष उपस्थिति रहेको थियो। केन्द्रिय संयोजक बादल बस्नेत द्वारा देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थी पंकज यादवको संयोजकत्वमा ३७ सदस्यीय कार्यसमिति गठन गरिएको जानकारी  गराइएको थियो ।

कार्यक्रममा मधेसी जन अधिकार फोरम लोकतान्त्रिक, बिद्यार्थी संघका केन्द्रिय सदस्य पद परित्याग गर्दै नयाँ शक्तिमा पार्टी प्रवेश गरेका रवि कुमारलाई भब्य स्वागत गरिएको थियो। कार्यक्रममा अन्तरास्ट्रिय नेपाली विद्यार्थी संघद्वारा भारत ब्यापी रुपमा चलाइएको नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदको समर्थनमा हस्ताक्षर अभियानलाई पनि निरन्तरता दिइएको थियो।

वि.सं.२०७३ माघ १७ सोमवार १०:४२ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...