back
CTIZAN AD

वारको आन्दोलनप्रति पिपिएलको ध्यानाकर्षण

वि.सं.२०७३ माघ १७ सोमवार

1K 

shares

१७ माघ,काठमाडौँ। प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन, नेपालले (पिपिएलए) ले उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयलाई लिएर नेपाल वार एसोसिएसनले सार्वजनिक गरेको विरोधबाट उत्पन्न परिस्थितिका बारेमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्गठनका महासचिव ईश्वरीप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उच्च अदालतको न्यायाधीश जस्तो गरिमामय पदमा कानुन व्यवसायीबाट गरिएको नियुक्तिमा व्यावसायिकता, वरिष्ठता, पेसागत अनुभव र समावेशीताको सन्तुलन नगरी राजनीतिक हस्तक्षेप गरिएको प्रति आपत्ति प्रकट गरिएको छ ।

सङ्गठनले प्रधानन्यायाधीश र वारबीच तत्काल वार्ता र संवादको समस्या समाधान गर्न आह्वानसमेत गरेको छ ।

विज्ञप्तिमा न्यायपरिषद्मा नेपाल बारको तर्फबाट प्रतिनिधित्व गर्ने वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलाले न्यायपरिषद्को बैठक छाडेर आफ्नो संवैधानिक दायित्व निर्वाह नगरेको हँुदा निजलाई अविलम्ब फिर्ता बोलाउन वारलाई आह्वान गरेको बताइएको छ ।

वारजस्तो न्यायपालिकाको अभिन्न अङ्गले सर्वोच्च अदालतको निर्णयविरुद्ध आन्दोलन गर्ने कुरा न्यायिक मूल्य मान्यता तथा न्यायिक स्वतन्त्रता एवम् स्वयम् नेपाल वारको मर्यादाको विरुद्धमा रहेको जनाएको छ ।

वि.सं.२०७३ माघ १७ सोमवार ०९:३८ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...