back
CTIZAN AD

जिल्ला प्रशासनमा पनि सेवाग्राहीलाई ‘डिजिटल टोकन’

वि.सं.२०७७ चैत ५ बिहीवार

705 

shares

चैत ५, लमजुङ । बेंसीशहर नगरपालिका– ८ मा रहेको जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीका लागि आजदेखि डिजिटल टोकन प्रणालीको शुरुआत गरेको छ । सेवाग्राहीको भीडलाई मध्यनगर गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले सो कार्यालयले नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि डिजिटल टोकन प्रणालीको शुरुआत गरेको हो ।

क्वहोलासोथर गाउँपालिका– २ मालिङबाट नागरिकताका लागि आउनुभएका १८ वर्षीय साजन गुरुङलाई पहिलो टोकन लिन लगाएर शुभारम्भ गरिएको छ । बेंसीशहर– १ उदिपुरबाट आउनुभएका ५६ वर्षीय ललितबहादुर सुनारले राष्ट्रिय परिचयपत्र तथा सोही नगरपालिका वडा नं ६ बेलौतीविसनाका ३८ वर्षीय चन्द्रबहादुर रिमालले टोकन लिनुभएको थिए । तीन सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले खादा ओढाएरले सम्मान गर्दै टोकन प्रणालीले कार्यालयका कर्मचारी र सेवाग्राहीलाई सहज पुगेको बताए ।

उनले अभिलेख शाखालाई पहिलाभन्दा व्यवस्थित बनाइएको जानकारी दिए । सो कार्यालयमा यी तीन सेवाका लागि मात्र दैनिक २०० को हाराहारीमा सेवाग्राही आउने गरेका प्रजिअ शर्माले बताए । नागरिकता शाखा, राष्ट्रिय परिचयपत्र शाखा र राहदानी शाखाका लागि आएका सेवाग्राहीले यहाँ रहेको मेशिनमा थिचेर आफ्नो टोकन नं प्राप्त गर्ने छन् भने सोही नम्बरका आधारमा पालैपालो सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् ।

सेवाग्राहीका लागि प्रतीक्षालय निर्माण

जिल्ला प्रशासन कार्यालय परिसरमा सेवाग्राहीलाई लक्षित गर्दै प्रतिक्षालयसमेत निर्माण गरिएको छ । मध्यनेपाल नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त प्रतिक्षालय निर्माण गरिएको हो । सो प्रतिक्षालयको आज प्रजिअ शर्माले उद्घाटन गरे ।

प्रतिक्षालयमा ८० सेवाग्राही अट्ने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए । सोही प्रतिक्षालय नजिकै पालिका स्तम्भ पार्कसमेत रहेको छ । कार्यालयमा आएका सेवाग्राहीले पालिका स्तम्भ पार्कको समेत अवलोकन गर्दै जिल्लामा रहेका आठवटै पालिका र जिल्लाकैबारेमा समेत जानकारी लिन सक्नेछन् । रासस

वि.सं.२०७७ चैत ५ बिहीवार १७:५४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...