back
CTIZAN AD

मुख्यमन्त्री बन्ने यामलाल कँडेलको सपनामा फेरि पानी, गुटगत समर्थन फिर्ताको निर्णय नै अर्थहिन

वि.सं.२०७७ चैत ५ बिहीवार

774 

shares

चैत ५, काठमाडौं । केन्द्रमा किचलो भईरहेका बुधबार अप्रत्यासित रुपमा एमालेको कर्णाली प्रदेशका १० सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिए । प्रदेश सभाको सबैभन्दा ठूलो दलको रुपमा रहेको एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाहीको सत्ता के हुने अन्यौंल बन्यो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली पक्षका १० सांसदले समर्थन फिर्ता लिँदैमा समस्या नहुने देखिएको छ । ओली पक्षले समर्थन फिर्ता लिए पनि एमालेको माधवकुमार नेपाल पक्षले समर्थन कायमै राख्ने घोषणा गरेसँगै समस्या नहुने देखिएको हो ।

हाल मुख्यमन्त्री शाही आबद्ध पार्टी नेकपा (माओवादी केन्द्र)सँग प्रदेशसभामा १३ सांसद छन् । समर्थन कायमै घोषणा गरेको माधव पक्षसँग ९ जना छन् ।

४० सदस्यीय प्रदेशसभामा बहुमत देखाउन २१ सांसदको समर्थन चाहिन्छ । माधव नेपाल पक्षको समर्थनसँगै शाहीसँग २२ सांसदको समर्थन रहेको स्पष्ट देखिन्छ ।

गुटगत रुपमा समर्थन फिर्ता लिने निर्णय ओली पक्षका लागि घातक

बुधबार गुटगत रुपमा बसेको एमालेको ओली पक्षको प्रदेश संसदीय बैठकले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सँगै प्रदेश सभा प्रमुखलाई बुझाएको पत्रमा पनि १० जना सांसदको हस्ताक्षर छ ।

तर, २० सदस्यीय एमालेको संसदीय दलका १० सांसदको उपस्थितिमा मात्रै फिर्ता लिने निर्णय गर्नु आफैंका लागि घातक देखिएको छ ।एमालेका १० सांसदको मात्रै हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष पेश भएको समर्थन फिर्ताको पत्रले कुनै अर्थ नराख्ने देखिएको हो ।

जुन पत्रको कारण पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मतसमेत लिन नपर्ने देखिएको छ । पत्रले प्रष्ट रुपमा १० सांसदले मात्रै समर्थन फिर्ता लिएको जनाउने कानूनविद्हरुको भनाई छ ।

मुख्यमन्त्री बन्ने यामलाल कँडेलको सपना फेरि अर्थहिन

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र किचलो बढेका बेला गत असोज २५ मा एकाएक यामलाल कँडेलको नेतृत्वमा नेकपाकै १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, एकाएक ल्याइएको उक्त प्रस्ताव तत्कालिन नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षबीच बनेको समीकरणसँगै असफल बनेको थियो ।

मुख्यमन्त्री बन्ने रणनीतिमा ल्याइएको अविश्वासको प्रस्ताव असफल भएसँगै निराश बनेका कँडेल पुनः अदालतको फैसलासँग ब्यूँतिएको एमालेको तर्फबाट सत्तामा जाने योजनामा देखिए । तर, १० जनाको हस्ताक्षरकै कारण उनको रणनीति अर्थहिन बनेको छ ।

यसले फेरि मुख्यमन्त्री बन्ने योजनामा पानी परेको धेरैको बुझाई छ ।

वि.सं.२०७७ चैत ५ बिहीवार १७:४१ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...