back
CTIZAN AD

नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा रु २० लाख जम्मा

वि.सं.२०७७ चैत ५ बिहीवार

732 

shares

५ चैत्र, झापा । पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चारगृह झापाले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’ मा रु २० लाखभन्दा बढी रकम भएको छ । पत्रकारिता क्षेत्रमा महिलालाई टिकाइराख्नका लागि क्षमता अभिवृद्धि गर्न र प्रोत्साहनस्वरुप पुरस्कार वितरण गर्ने उद्देश्यले विसं २०७५ भदौमा अक्षयकोष स्थापना गरिएको थियो ।

सोही अक्षयकोषका लागि आज सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख र व्यवसायी मीनप्रकाश मैनालीले रु ५१ हजार १०१ प्रदान गरेका छन् । उनीहरु दुवैले संस्थाका अध्यक्ष भीमा शिवकोटी र कोषका संयोजक रेजिना गौतमलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । उनीहरुले महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुलनीय रहेकाले कोषलाई सहयोग गरेको बताए।

संस्थाका अध्यक्ष शिवाकोटीले कोष वृद्धिका लागि गैरसरकारी सङ्घसंस्था तथा व्यक्तिले जन्मदिन, विवाह वार्षिकोत्सवलगायत कार्यक्रमको खर्च कटाएर समेत अक्षयकोषलाई सहयोग प्रदान गरिरहेको जानकारी दिए । संस्थाले पाँच वर्षमा रु २५ लाख अक्षयकोषमा जम्मा गर्ने गरी अभियान सञ्चालन गरेको थियो ।रासस

वि.सं.२०७७ चैत ५ बिहीवार १६:३९ मा प्रकाशित

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा) । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली...

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

काठमाडौं । नेकपा एमालेभित्र कोही प्रदेश सरकारको नेतृत्वलाई लिएर नयाँ...

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब...

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत...

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर (झापा) । यहाँकोे बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...