
५ चैत, काठमाडौँ । २०२१ को आईपिएलका लागि चेन्नाई सुपर किंग्सले आफ्नो तयारी सुरु गरिसकेको छ । चेन्नाई सुपर किंग्सले आईपिएलको लागि अभ्यास घरेलु मैदान चेपकमा गरिरहेको छ । टिमका कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई २०२१ को आईपिएलको लागि तयारी सुरु गर्ने पहिलो टिम हो ।
अभ्यासका क्रममा २२ वर्षीय युवा खेलाडी हरिशंकर रेड्डीले महेन्द्र सिंह धोनीलाई क्लिन बोल्ड गरेको भिडियो सामाजिक संञ्जालमा भाइरल भईरहेको छ।
— ????? (@KiRAN_RCB) March 17, 2021
२२ वर्षीय फास्ट बलर हरिशंकर रेड्डीलाई चेन्नाई अक्सनमा २० लाखमा अनुबन्धित गरेको थियो । आईपिएलको गत सिजनमा चेन्नाई पहिलो पटक समुह चरणबाटै बाहिरिएको थियो । गतवर्ष सातौँ स्थानमा प्रतियोगिता समाप्त गरेको चेन्नाईले यसपटक राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । यस वर्षको आईपिएल अप्रिल ९ बाट सुरु हुनेछ ।