back
CTIZAN AD

विद्यालयमा महिला हिंसाविरुद्ध कक्षा सञ्चालन गर्न आग्रह

वि.सं.२०७७ चैत ५ बिहीवार

693 

shares

५ चैत्र, काठमाडौं । राष्ट्रिय महिला आयोगले विद्यालयमा हरेक साता महिला हिंसाविरुद्ध अतिरिक्त कक्षा सञ्चालन गराउन सरकारसँग आग्रह गरेको छ ।

भोलिन्टियर सर्भिज ओभर्सिज ९भिएसओ० नेपाल र आसमान नेपालको सहकार्यमा शिक्षा पत्रकार समाजले आज यहाँ आयोजना गरेको सङ्घस्तरीय नीतिगत बहस कार्यक्रममा आयोगका सदस्य विद्या सिन्हाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग आयोगको टोलीले उक्त आग्रह गरेको जानकारी दिए ।

उनले सो विषयमा विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न पनि आग्रह गरिएको बताए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकार सुरक्षित विद्यालय अवधारणाको गुरुयोजना ल्याइसकेको र यसमा कोभिड–१९ पछिका अवरोधसमेतलाई थप गरेर कार्यान्वयन गरिने जानकारी दिए ।

उनले विद्यालयमा गुनासो सुनुवाइ पेटिका अनिवार्य राख्न लगाइ विद्यार्थीको गुनासोलाई नियमित सम्बोधन गर्न लगाइएको र विद्यालयमा अशान्ति हुने कुनै पनि आक्रमण हुन नदिइने स्थिति निर्माण गर्नुपर्ने जनाए । गाउँपालिका राष्ट्रिय महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष दुर्गादत्त ओझाले बालमैत्री विद्यालय निर्माणका लागि आफूहरु प्रतिबद्ध भएको बताए ।

राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले भयमुक्त वातावरणमा मात्रै बालबालिकाले सहजरुपमा सिकाइ हासिल गर्न सक्ने भएकाले सबै स्थानीय तह र विद्यालयमा बाल संरक्षण मापदण्डको कार्यान्वयनका लागि नीतिगत पहल शुरु भएको जानकारी दिए ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षकहरुसँगको सहकार्य बढाएर विद्यालय सुरक्षाका कार्यक्रम सफल बनाउन सकिने बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापाले विद्यालयस्तरमा स्वामित्व निर्माण गर्न सकेमा नीति र कार्यक्रम प्रभावकारी हुने बताए ।

कार्यक्रममा भिएसओ नेपालका देशीय निर्देशक जयशङ्कर लालले ‘सेभ टु लर्न’ परियोजनाले विभिन्न प्रदेश र जिल्लामा सुरक्षित विद्यालयका लागि हासिल गरेका अनुभव अन्य स्थानका लागि पनि प्रयोगमूलक हुने बताए ।

आसमान नेपालका सन्तोष महर्जनले विद्यालयमा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, विपद् जोखिम, बन्द हड्ताल, परम्परागत कूरीति, सामाजिक विभद्जस्ता घटनाका कारण विद्यार्थी बीचैमा कक्षा छाड्ने समस्या कायम रहेको पाइएको बताए ।

कार्यक्रममा जनप्रतिनिधि, शैक्षिक निकायका प्रतिनिधि र शिक्षा क्षेत्रका सरोकार भएका सहभागी कार्यक्रममा विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक सामग्री, मनोसामाजिक वातावरणलगायतका पक्षमा पर्याप्तता हुनुपर्ने बताइएको हो ।

उनीहरुले गुणस्तरीय शिक्षाको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संविधानको मौलिक हकको कार्यान्वयनका लागि विद्यालयमा सुरक्षित सिकाइको वातावरण हुनुपर्नेमा जोड दिएका हुन् । एक विद्यालय एक नर्स कार्यक्रमले सहयोग गरेको पनि जनाइएको छ । रासस

वि.सं.२०७७ चैत ५ बिहीवार १६:१९ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...