back
CTIZAN AD

पछिल्लो २४ घण्टामा देशैभरी थपिए १०७ कोरोना संक्रमित, १ जनाको निधन

वि.सं.२०७७ चैत ५ बिहीवार

732 

shares

५ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार २५४ नमुना परीक्षणमा १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १०७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ६२५ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७१ हजार ६१० पुगेको छ । निको हुनेको यो दर ९८.५ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५ पुगेको छ ।

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ५२ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या १००० रहेको छ ।
त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २२ लाख २७ हजार ५४७ वटा नमुना परीक्षण गरिएको छ ।

त्यस्तै नेपालमा सोमबारसम्ममा १६ लाख ७३ हजार २२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशैभरी ९४ जनामा कोरोना संक्रमण, ५५ जना निको, निधन हुनेको संख्या शून्य

वि.सं.२०७७ चैत ५ बिहीवार १६:११ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...