back

एक सयभन्दा बढी नयाँ कुष्ठरोगी फेला

वि.सं.२०७३ माघ १८ मंगलवार

531 

shares
GLOBAL IME AD
NTC AD

१८ माघ,गुलरिया (बर्दिया) । कुष्ठरोग निवारण अभियानअन्तर्गत यही माघ १० गतेदेखि हालसम्म जिल्लामा एक सय जना कुष्ठरोगी फेला परेका छन् ।

कुष्ठ रोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा सोमबारसम्म एक सय २० नयाँ कुष्ठरोगी फेला परेकामा २७ जनामा एमबी र ९० जनामा पिबी प्रकार देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तीन जनाको भने विस्तृत रुपमा जाँच गर्न बाँकी रहेको बताइएको छ । तीमध्ये नौ जना बालबालिका रहेको कार्यालय प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो ।

यससँगै जिल्लामा अब कुष्ठरोगको औषधि सेवन गरेकाहरुको सङ्ख्या दुई सय ४० पुगेको बताइएको छ । बाँके सबैभन्दा धेरै कुष्ठरोगी भएको जिल्ला मानिन्छ । धनुषा र बर्दियामा पनि धेरै कुष्ठरोगी छन् ।

सरकारले सन् २०२० सम्म ७५ वटै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोज्न सुरु गरेको छ । कुष्ठरोग निवारण अभियानअन्तर्गत घरदैलो कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

वि.सं.२०७३ माघ १८ मंगलवार ०७:०७ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...