back
CTIZAN AD

‘कोरोनाको दोस्रो लहर रोक्न सरकार नागरिकले तत्काल गर्नुपर्ने यी ६ काम’

वि.सं.२०७७ चैत ११ बुधवार

636 

shares

११ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण तिब्ररुपमा फैलिएसँगै त्यसले नेपालमा पनि संक्रमणको त्रास बढिरहेको छ ।

केही समयदेखि कोरोना संक्रमण र संक्रमणबाट निधन हुनेको दर घट्दै गइरहेको अवस्थामा पछिल्ला केही दिनयता भने संक्रमणको दर बढ्दो रहेको छ ।

कोरोना संक्रमण रोकथामका लागि नेपालले लकडाउन गरेको आज १ वर्ष पूरा भएको छ । तर, कोरोनाको त्रास भने बढीरहेको अवस्था छ । यस्तो अवस्थामा संक्रमण रोकथामका लागि सरकारले युद्धस्तरमा पाँचवटा काम गनुपर्ने सुझाउँछन् जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे ।

‘बिगत १ बर्ष हाम्रो लागि निकै प्रत्युत्पादक बन्यो । सरकार तथा आम नागरिकको लागि यो स्तरको महामारी पहिलो अनुभव थियो,’ डा. पाण्डेले भन्छन् ‘सरकार र नागरिक दुबैले यो अबधिमा धेरै कुरा सिकेका छौं, अनुभव हासिल गरेका छौं । त्यहि सिकाइ र अनुभवलाई दोस्रो लहर रोकथामको लागि सरकारले ५ वटा काम युद्धस्तरमा गर्नुपर्दछ ।’

यस्तो छ डा. पाण्डेको सुझाव
१. सिमा नाका तथा विमानस्थलमा चेकजांच कडाइ गर्ने, परीक्षण गर्ने, संक्रमित व्यक्तिलाई आइसोलेसनमा राख्ने, शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्ने तथा अन्य व्यक्तिलाई होम क्वारेन्टिनमा बस्ने गरि घर पठाउने ।

२. कन्ट्याक्ट ट्रेसिंगलाई चुस्त र प्रभावकारी बनाउने ।

३. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउने, त्यसको निगरानी तथा अनुगमन गर्ने ।

४. भारत, चीन, रुस, बेलायत, अमेरिका लगायतका देशसंग उच्चस्तरबाट पहल गरेर पुग्ने खोपको प्रबन्ध गर्ने ।

५. लकडाउन तथा निषेधाज्ञा नगर्ने बातावरण मिलाउने ।
.
आम नागरिकले एउटा काम अनिबार्य गर्नुपर्दछ ।
.
१. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने ( सहि तरिकाले नाकमुख छोप्ने गरि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हात धुने ÷ स्यानिटाइज गर्ने, खुला तथा भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने, भ्रम र हल्लाको पछि नलाग्ने, धेरै डर नमान्ने तथा सरकारले जारी गरेका निर्देशिका पालना गर्ने ) ।

 

 

 

वि.सं.२०७७ चैत ११ बुधवार १०:४० मा प्रकाशित

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...