back
CTIZAN AD

एकैदिनमा डुबेर ७ जनाको मृत्यु

वि.सं.२०७७ चैत १७ मंगलवार

675 

shares

१७ चैत,काठमाडौं । देशका विभिन्न ठाउँमा एकैदिनमा डुबेर सात जनाको मृत्यु भएको छ ।

कैलाली, टिकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने लाल बहादुर चौधरीको १५ वर्षीय छोरा आयुस चौधरीको सोही नगरपालिका-८ वनगाउँस्थित कर्णाली नदीमा नुहाउने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । डुबेर बेपत्ता भएका उनको ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी सत्तिबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा शव फेला पारेको हो ।

यसैगरी कैलाली, बर्दगोरीया गाउँपालिका-५ भुरुवा बस्ने लाल सिंह कठरियाको ९ वर्षीय छोरा कैलाश कठरियाको सोही गाउँपालिका-४ स्थित काडा नदीमा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु छ ।

बर्दिया, मधुबन नगरपालिका-२ ओराही खोलामा सोही ठाउँ कोठिया बस्ने बल बहादुर थापाको ५ वर्षीय छोरा पिन्स थापाको सोमबार दिउँसो डुबेर मृत्यु भएको छ । साथीहरूसँग खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उद्धार गरी उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बस्ने ४२ वर्षीय परमात्मा कुर्मीको खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित डण्डा खोलामा नुहाउने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्नेक्रममा शव फेला परेको हो ।

यसैगरी रूपन्देही, लुम्बिनी सँस्कृतिक नगरपालिका-१२ आमागाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने शिवदयाल काहारको १२ वर्षीय छोरा कम्लेश काहारको सोमबार दिउँसो मृत्यु भएको छ । होली खेलेर नुहाउन गरेको अवस्थामा डुबेर अशक्त भएका उनको उद्धार गरी मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाँके, राप्तिसोनारी गाउँपालिका-५ चिलरीया बस्ने १९ वर्षीय दीपक बैश्यको सोही ठाउँ बिनौनास्थित राप्ती नदीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

ईलाम, रोङ गाउँपालिका-६ र सूर्योदय नगरपालिका-५ को बिचमा पर्ने सिद्दिखोलास्थित निर्माणाधिन सिद्दीखोला हाईड्रोपावरको दहमा पौडी खेल्ने क्रममा डुबेर मोरङ बिराटनगर महानगरपालिका-४ घर भई हाल झापा अर्जुनधारा नगरपालिका-११ विर्तामोड डेरा गरी बस्ने २३ वर्षीय दिवश खतिवडाको सोमबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७७ चैत १७ मंगलवार १३:२४ मा प्रकाशित

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने...