१७ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले फागुन २३ गते गरेको नेकपा विवादको निर्णय सच्याउने विश्वास रहेको बताएका छन् ।
मंगलबार नेकपा विवादबारे सर्वोच्चले गरेको फैसलाको पुनरावलोकन गर्न निवेदन दिन सर्वोच्च अदालत पुगेका अध्यक्ष प्रचण्डले एकिकृत भइसकेको दललाई विभाजित गर्ने का भएकोले अदातलतले त्यो काम सच्याउने विश्वास आफुले लिएको बताएका हुन् ।
निवेदन दिएपछि अदालतबाट निस्कने क्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अदालतले अस्वभाविक र अप्राकृतिक फैसला गरेको बताउँदै भने– ‘मलाई र हामीलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको छ ।’
अध्यक्ष प्रचण्डले नेकपा विवादबारे रिट निवेदकले नाम मात्र सच्चियोस् भनेको हुनाले अदालतले पक्कै पनि छिट्टै पुनरावलोकन गर्ने बताए ।
के छ त प्रचण्डले सर्वोच्चमा दिएको पुनरावलोकनको निवेदनमा ? (पूर्णपाठ सहित)
वि.सं.२०७७ चैत १७ मंगलवार १३:२९ मा प्रकाशित




























