back
CTIZAN AD

प्रहरी कर्मचारीमाथि बोतल प्रहार गर्ने शर्मा पक्राउ

वि.सं.२०७७ चैत १७ मंगलवार

744 

shares

१७ चैत, धनुषा । ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवा चोकमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक सहित खटिएको प्रहरीले ज.१२ प ५०१४ नम्बरको मोटरसाइकललाई हेलमेट नलगाएको कारण रोक्न खोज्दा नरोकी अगाडि बढ्ने क्रममा ट्राफिक प्रहरी जवानलाई सामान्य ठक्कर दिई जनकपुरतर्फ फरार भएपछि प्रहरीले पछ्याउँदै सोही नगरपालिका हरैया चोकमा उक्त मोटरसाइकल फेला पारी नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकललाई कार्यालयतर्फ ल्याउने क्रममा मोटरसाइकलमा सवार सन्तोषले प्रहरीमाथि अचानक खाली बियरको बोतलले प्रहार गर्दा २ जना प्रहरी कर्मचारी घाइते भएको र महेन्द्रनगर हेल्थकेयरमा उपचार पश्चात उनीहरू डिस्चार्ज भएका छन् ।

हाल फरार रहेका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गर्नुको साथे यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७७ चैत १७ मंगलवार १३:३३ मा प्रकाशित

परराष्ट्रमन्त्रीको भारत भ्रमण :  नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको...

यस्तो छ कालिमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य

यस्तो छ कालिमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौँ, २४ जेठ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...