back
CTIZAN AD

निर्वाचनका लागि राजनीतिक वातावरण बन्दैछ: मन्त्री लेखक

वि.सं.२०७३ माघ १९ बुधवार

969 

shares

१९ माघ,काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो – “निर्वाचनका लागि राजनीतिक समझदारी आवश्यक भएकाले यसका लागि सरकार इमान्दारीपूर्वक प्रयास गरिरहेको छ ।”

मन्त्री लेखकले “राजनीतिक सहमति जुटाएर छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार लागेको छ” भन्दै निर्वाचनका लागि चाहिने आवश्यक कानुन बनाउन सरकार अग्रसर रहेको बताउनुभयो ।

निर्वाचनको व्यवस्थापकीय पाटोको बारेमा निर्वाचन आयोगसँग छलफल चलाइराखेको बताउँदै उहाँले सविधान संशोधन गरेर यसलाई सर्वस्वीकार्य बनाई मुलुकलाई निकाश दिने सरकारको प्रमुख जिम्मेवारी रहेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री लेखकले व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विद्येयकलाई पारित गराउन नेपाली काँग्रेस लाग्ने पनि बताउनुभयो ।

मेलम्चीको खानेपानी उपत्यकावासीलाई खुवाउने लक्ष्यअनुसार सडकमा पाइप बिच्छाउँदा जनतालाई पर्नगएको असुविधाप्रति आफू र आफ्नो मन्त्रालय गम्भीर रहेको बताउँदै उहाँले यसलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे सरोकारवाला निकायसँग छलफल गरिने बताउनुभयो ।

वि.सं.२०७३ माघ १९ बुधवार ११:१७ मा प्रकाशित

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका...

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...