back
CTIZAN AD

पहिलो पटक मिस कर्पोरेट नेपाल आयोजना हुँदै

वि.सं.२०७७ चैत २५ बुधवार

633 

shares

२५ चैत्र, काठमाडौं ।नेपालमा पहिलोपल्ट कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुका लागि लक्षित गरी सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ।

मिस कर्पोरेट नेपाल नाम दिइएको सौन्दर्य प्रतियोगितामा नेपालभरका कर्पोरेट संस्थामा काम गर्ने १८ बर्षदेखि २८ वर्षसम्मका महिलाले सहभागिता जनाउन पाउने आयोजक तथा अनुजा मिडियाकी संस्थापक अनुजा आचार्यले जानकारी दिइन्। त्यस्तै भर्खरै स्नातक सकेका महिलाले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।

असारको १० गते फिनाले हुने बताइएको सौन्दर्य प्रतियोगिताका सहभागीले आकर्षक पुरस्कारसँगै कर्पोरेट क्षेत्रमा काम गर्न पाउने आयोजकले जनाएको छ । कार्यक्रममा उच्च अदालतका न्यायाधीश नवराज थपलियाले कर्पोरेट क्षेत्रमा महिला नेतृत्व कम भएको बताए। उनले सबैभन्दा धेरै महिलाले काम गर्ने भनिएको बैंकमा समेत उच्च ओहोदामा महिला पुग्न नसकेको उल्लेख गरे।

यस्ता सौन्दर्य प्रतियोगिताले कर्पोरेट क्षेत्रमा महिलालाई पनि उच्च ओहोदामा पुर्याउन मद्दत गर्नेमा थपलियाले विश्वास व्यक्त गरे। यता, नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले भने ४० प्रतिशत महिला बैंकमा काम गर्ने बताउँदै कर्पोरेट क्षेत्रमा लैंङ्गिक समानता रहेको बताए।

कर्पोरेट क्षेत्रको सबैभन्दा धेरै महिला कामदार भएको क्षेत्र नै बैंक हो। नविल बैंकले महिला सशक्तिकरणसँगै मिटू लगायतका बिषयमा समेत छलफल गर्ने गरेका छौं, उनले भने। अब हुन लागेको मिस कर्पोरेट नेपालले यसलाई अझै महत्वपूर्ण रुपमा अगाडी लैजाने उनको भनाइ छ।

एक कार्यक्रमको आयोजना गर्दै अनुजा मिडियाले आज कुनै पनि पेशामा आबद्व भएका महिलाले आफ्नो कार्यक्षेत्र एवम् सौन्दर्यसंगै अन्य केहि फरक गतिविधिबाट आफ्नो प्रतिभा प्रदर्शन गर्दै देश तथा युवावर्गलाई सशक्त एवम् प्रेरित गर्न सक्षम होस् भन्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो । यस प्रतियोगिताले कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुका लिडरसिपको समेत विकास हुने आयोजकको विश्वास रहेको छ ।

कार्यक्रममा बोल्दै मिडियाकी अध्यक्ष अनुजा आचार्यले उक्त प्रतियोगिताले कुनै न कुनै पेशामा आबद्व भएका महिलाभित्र लुकेको क्षमता प्रस्फुटन गर्नमा मद्दत गर्ने बताइन् । उनले सौन्दर्य प्रतियोगिता ग्यामर तथा फोटोसुट मात्र नभई आफ्नो भित्री प्रतिभा प्रस्फूटन गर्ने माध्यम समेत रहेको भाव व्यक्त गरेकी छिन् ।कार्यक्रममा गायक निर्णय श्रेष्ठ, ब्यबसायीहरु रजत श्रेष्ठ, मोहन ओझा, सन्जीव थापा, बिष्णु बहादुर कार्की लगायतका ब्यक्तित्वहरुको उपस्थतिथी थियो ।

आगामी वैशाख २० र २१ अडिसन राउण्डबाट शुरु हुने उक्त प्रतियोगिताबाट असार १० विजयी चुनिनेछन् । प्रतियोगिताको लागि इच्छुक एवम् योग्य १८ वर्षदेखि २८ वर्षसम्मका महिला समूहले मिस कर्पारेट नेपाल’ को वेबसाइटमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

वि.सं.२०७७ चैत २५ बुधवार ११:०९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...