२५ चैत, काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजा भवन खाली गराउन अटेरी गरिरहेको बेला सो भवन खालि गराउन अर्को कडा आदेश जारी गरिएको छ ।
‘काठमाडौं प्लाजा भवन खाली गरी हस्तान्तरण गरिदिने सम्बन्धीत कन्सेप्ट डेभलपर्स प्रालिका नाममा जारी गरिसकिएको अत्यन्त जरुरी सूचना’ सार्वजनिक गर्दै भनिएको छ ‘नेपाल ट्रष्टको स्वामित्व रहेको कामनपा २८ कमलादीस्थित काठमाडौं प्लाजा भवनको लिज म्याद असार २ गते नै सकिएकाले सो भवन चैत ३० भित्र खाली गर्न अन्तिम पटक सूचना सार्वजनिक गरिएको छ ।’
सो भवनमा व्यवसायिक प्रतिष्यठान र पसल कवलहरु संचालन रहेकोले भवन खालि गराउँदा हुने क्षति पनि सम्बन्धीत कम्पनीले व्यहोर्नुपर्ने कडा सूचना जारी गरिएको छ ।

वि.सं.२०७७ चैत २५ बुधवार ११:०६ मा प्रकाशित






























