
२५ फागुन, काठमाडौं । लोक सेवा आयोगले बुधबार राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुला गरेको छ ।
आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो ।
आयोगले १८ वर्ष पूरा भई ३५ वर्ष उमेर ननाघेका व्यक्तिहरुले विभिन्न कार्यालयमातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन मागेको हो ।
योग्यता पुगेका उम्मेदवारले आयोगका कार्यालयहरू धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले माग गरेका विभिन्न पदमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।