
२५ चैत, काठमाडौं । एएफसी कप २०२१ को प्रिलिमिनारी राउण्ड अन्तरगत आज नेपालको त्रिभुवन आर्मी र श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लब आमने सामने हुदै छन् ।
एएफसी कपमा आफ्नो स्थान बनाउनको लागि यी टीमले दक्षिण एसियाली समूहमा तीन खेल जित्नुपर्ने हुन्छ । घरेलु मैदानमा हुने खेल र पर्याप्त प्रशिक्षण रहेकाले खेलमा राम्रो नतिजा ल्याउनेमा आफु विश्वस्थ रहेको त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपाने बताउछन् । उनलेभने, ‘हामीलाई जितको विकल्प छैन । हामी जितका लागि खेल्छौं । हाम्रो टिम सेट पनि छ । फिजिकल्ली र मेन्टल्ली पनि हामी तयार छौँ ।’
उता श्रीलंकाका प्रशिक्षक झिलाउ अल्पेन्सुले पनि नेपालमा खबाबका बिच खेल्नुपरेपनि राम्रो नतिजा ल्याउन कोशिस गर्ने बताउछन् । उनले भने, ‘हामीसँग कुनै राष्ट्रिय टिमका खेलाडी छैनन् । नेपाललाई दर्शकको राम्रो साथ हुनेछ । यसका बाबजुत टीममा तीन बिदेशि खेलाडी रहेकाले राम्रो गर्नेमा विश्वस्थ छु । ’
खेल नेपाली समय अनुसार अपरान्ह ५:३० बजे दशरथ रंगशालामा हुदै छ ।