२५ चैत, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोरको टिमलाई आईपिएल अघि अर्को ठूलो झट्का लागेको छ । बेङ्गलोरका अलराउण्डर खेलाडी डेनियल श्याम कोरोना भाइरसबाट संक्रमित भएको छन । बेङ्गलोरले ट्वीटरबाट ट्वीट गर्दै डेनियल श्याम कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएको हो ।
Official Statement: Daniel Sams checked into the team hotel in Chennai on April 3rd, with a negative COVID report on arrival. His report from the 2nd test on 7th April came positive. Sams is currently asymptomatic and he is currently in isolation at a designated medical facility.
— Royal Challengers Bangalore (@RCBTweets) April 7, 2021
उनी ४ अप्रिलमा चेन्नाई आईपुगेका थिए । उनको पहिलो पटक गरिएको परिक्षणको रिर्पोट नेगेटिभ आएको थियो । तर अप्रिल ७ मा दोस्रो पटक गरिएको उनको कोरोना परिक्षणको रिर्पोट भने पोजेटिभ आएको हो । यस अघि बेङ्गलोरका विस्फोटक ओपनिङ्ग ब्याट्सम्यान देवदत्त पाडिक्कल पनि कोरोना भाइरसबाट संक्रमित भएको थिए । रोयल च्यालेन्जर्स बेङ्गलोरले आईपिएलको पहिलो खेलमा मुम्बई इन्डियन्सको सामना गर्ने छ ।
वि.सं.२०७७ चैत २५ बुधवार ११:२० मा प्रकाशित



























