२५ चैत्र, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको लागि पारित गरेको ५ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीको चैत २० गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट १५ प्र्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित भएको थियो ।
कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने बताएको कम्पनीले नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।
हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।
यसैगरी, यस आर्थिक वर्ष भन्दा अगाडीको नगद लाभांश लिन बाँकी शेयरधनीलाई कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गरी लाभांश लिन समेत संस्थाले अनुरोध गरेको छ ।
वि.सं.२०७७ चैत २५ बुधवार ११:४५ मा प्रकाशित





























