back
CTIZAN AD

पाथार्दीको बाख्राफार्म कृषकको आकर्षणस्थल बन्दै

वि.सं.२०७७ चैत २५ बुधवार

696 

shares

२५ चैत, तनहुँ । जिल्लाको भिमाद नगरपालिका–९ पाथार्दीका बाख्राफार्म पशुपालन कृषकका लागि अवलोकनस्थलका रूपमा विकास हुँदै गएको छ । उक्त क्षेत्रमा विभिन्न क्षेत्रबाट बोयर जातको बाख्रा पाल्ने तरिका सिक्नका लागि प्रायः दैनिक पशुपालन कृषक अवलोकनका लागि आउने गरेका छन् ।

पाथार्दीका ६० घरपरिवारले बोयर जातको बाख्रापालन गरेर नमूना कार्य गर्नुका साथै आम्दानीको राम्रो स्रोत बनाउन थालेपछि अवलोकनका लागि कृषकको आकर्षण बढ्न थालेको हो । तनहुँ, गोरखा, लमजुङ, पाल्पा स्याङ्जालगायतका जिल्लाबाट कृषक समूह, स्थानीय पालिकाका जनप्रतिनिधिलगायतका टोली अवलोकनका लागि आउने गरेको स्थानीय अगुवा कृषक शिवकुमार आलेले बताए । पाथर्दीलाई गत दुई वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेशकै नमूना कृषिगाउँ घोषणा गरेको थियो ।

मुख्यमन्त्री कृषि नमुना गाउँका रूपमा घोषणा गरिएको पाथर्दी गाउँलाई गण्डकी प्रदेश सरकारले बाख्रा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको छ । यस क्षेत्रका कृषकले बोयर जातको बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । अवलोकनका रूपमा पनि विकास हुँदै गएको उनले बताए। करिब सात वर्षको अवधिमा यहाँका बाख्रापालक कृषकले पाथर्दीलाई नमूना कृषिगाउँका रूपमा परिचित बनाउन सफल भएका छन् ।

परम्परागतरूपमा पशुपालन तथा कृषि पेशा गर्दै आएका यहाँका कृषकले व्यावसायिकरूपमा बाख्रापालन थालेपछि आम्दानीसँगै विकासमा अघि बढेको अगुवा कृषक आलेले जानकारी दिए । गाउँमा शुरुमा बोयर बाख्रा ल्याएर पाल्न शुरु गरेका आलेले अहिले झण्डै रु ४० लाख मूल्य बराबरका बाख्रा फार्ममा रहेका छन् । “बाख्रापालनबाट राम्रै आम्दानी हुन थालेपछि आफू सन्तुष्ट रहेको छु”, उनले भने, “वार्षिकरूपमा रु १० देखि रु १६ लाखसम्मको बाख्रा बिक्री गर्दै आएको छु ।”

विसं २०६४ देखि त्यस क्षेत्रका कृषकले बीउ तथा मासुका लागि बोयर बाख्रा उत्पादन गर्दै आएका छन् । बाख्रापालनमा राम्रो आम्दानी हुन थालेपछि पाथर्दीबाट विदेशिएका युवासमेत गाउँमै फर्किएर बाख्रापालनतर्फ लाग्न थालेको वडाध्यक्ष इमानबहादुर थापाले बताए। वैदेशिक रोजगारी त्यागेर बाख्रापालनमा भविष्य देखेका युवामध्येका एक कृषक हुन् विनम आले । करिब पाँच वर्ष दक्षिण कोरियामा बिताएका आलेले यतिबेला गाउँमा बोयर बाख्रालगायतका कृषि पेशा गर्न थालेका छन्। “परिवारको साथमा बसेर गाउँमै राम्रो आम्दानी हुने भएपछि किन विदेश जानू रु विदेशमा कमाएको पैसा गाउँमै कमाउन सकिने सम्भावना देखेर गाउँ फर्किएको हुँ”, उनले भने, आलेले ३०० कुखुरा र करिब ३५ वटा माउसहितको बोयर बाख्रा राखेर पाल्न शुरु गरेका छन् ।

कृषि पेशालाई व्यावसायिक बनाउन सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको अर्का कृषक श्रीमाया आले बताउँछन्। वर्षमा रु १० लाखसम्मको बोयर बाख्रा बिक्री गर्ने गरेको उनले बताए। “श्रीमान्, छोराहरु कसैलाई पनि विदेश पठाएको छैन”, उनले भने “सबै मिलेर काम गर्ने हो भने स्वदेशमै रमाइलो र खुशी हुन्छ ।”

करिब रु १५ करोडको लगानीमा बाख्रा अनुसन्धान केन्द्र निर्माण गर्न लागिएको छ । अनुसन्धान केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको वडाध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा रु ५० लाख बजेट अनुसन्धान केन्द्रका लागि विनियोजन गरिसकिएको छ ।

 

वि.सं.२०७७ चैत २५ बुधवार १२:०९ मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...