back
CTIZAN AD

नेपाली काँग्रेसद्वारा दुःख व्यक्त

वि.सं.२०७३ माघ २० बिहीवार

909 

shares

२० माघ, काठमाडौँ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ निर्वाचन क्षेत्र नं। ४ का महासमिति सदस्य एवम् उद्योगपति चिरञ्जीवीनिधि तिवारीको निधनप्रति दुखःव्यक्त गर्नुभएको छ ।

उहाँको निधनले पार्टीले एक कुशल सङ्गठनकर्ता र राष्ट्रले एक सफल उद्योगी व्यवसायीलाई गुमाएको सभापति देउवाद्वारा आज जारी विज्ञप्ति उल्लेख छ ।

उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

हृदयघात भएपछि नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा उपचारका क्रममा बुधबार साँझ तिवारीको निधन भएको थियो ।

तिवारी २०५६ सालको आम निर्वाचनमा काठमाडौँको तत्कालीन निर्वाचन क्षेत्र नं। ३ को उम्मेदवार र उक्त निर्वाचनलगत्तै राष्ट्रियसभा सदस्य निर्वाचनमा मध्यमाञ्चल विकास क्षेत्रबाट पार्टीको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।

स्वर्गीय तिवारी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्यसमेत हुनुहुन्थ्यो । नेपाली काँग्रेसका विभिन्न तहमा रहेर नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्नुभएका स्वर्गीय तिवारीको धर्मपत्नी, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

उहाँले नेपाल तयारी पोशाक सङ्घको अध्यक्ष, नेपाल जर्मन चेम्बर अफ कमर्शको उपाध्यक्ष, अर्थ मन्त्रालय भन्सार मूल्याङ्न समितिमा नेपाल चेम्बर अफ कमर्शका तर्फबाट प्रतिनिधि जस्ता पदमा बसेर काम गर्नुभएको थियो ।

सन्देशमा सभापति देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

वि.सं.२०७३ माघ २० बिहीवार १४:३१ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...