back

कतारी राजदूतको नेपालप्रतिको चिन्ता

वि.सं.२०७३ माघ २० बिहीवार

381 

shares
NTC AD
Global IME AD

chanda

राजदूतले अर्को कुरा पनि भन्नु भयो । तपाइहरुको पर्यटन संभावना हेर्नुस् त कति राम्रो छ युरोप र अमेरिका भन्दा राम्रो केवुलकार सिस्टम छ नेपालमा । तर, व्यवस्थापन फितलो छ । तपाइहरुकोमा डाँडाकाँडा हिम श्रृखंलाहरु हेर्नुस्  त कति राम्रो छ । तर, यहाँ हिड्ने बाटो राम्रो छैन । त्यसकारण पनि अरबका पर्यटकहरु भित्राउन अलि गा¥हो हुन्छ । राजदूतले हामीलाई चुनौती स्वरुप नै भन्नु भयो “पहिले बाटो राम्रो बनाउनुस् त, हामी लाखौं पर्यटक भित्राउन पहल गर्छौ, हामी युरोप र अमेरिका नगएर नेपाल घुम्न आउँछौं ।”

“वागिद जेन, यन्ती कलम अरबि, मासा अल्लाह” राजदूत युसुफ विन महम्मदको हसिलो मुखबाट यति राम्रो तारिफ सुनेपछि मेरो मनमा भएको सबै डर एकाएक हराएको थियो । हुन त कयौ कार्यक्रममा थुप्रै देशका राजदूतहरुसँग अनौपचारिक भेट भएको थियो । तर, यस प्रकारको निकट भलाकुसारी मेरो लागि फलदायी नै रह्यो ।

कुनैपनि देशको राजदूतसँग आफ्नो कुरा राखेर प्रत्यक्ष भेट्ने अवसर पहिलो थियो मेरा लागि । मनमा अलि डर पनि लागेको थियो । कसरी प्रस्तुत हुने, आफ्नो देशको बारेमा के बोल्ने ? कुटनीतिक रुपमा हामी पत्रकारहरुले के बोल्ने र के बोल्दा आफ्नो देशको हितमा हुन्छ भनेर मनमनै आफैलाई प्रश्न गरिरहेकी थिए ।

हामी पत्रकारहरु राज्यको चौथो अंग भएकाले पनि होला । हामी जहाँ जान्छौ, जहाँ बस्छौ, जस्तो लेख्छौं, अनि जस्तो प्रस्तुति दिन्छौ, मलाइ लाग्छ, त्यहाँ हाम्रो देश बोलिरहेको हुन्छ, हाम्रो देशको प्रतिनिधत्व भइरहेको हुन्छ । अनि आन्तरिक कमजोरीहरु लुकाएर आफ्नो देशको हित हुन्छ भने हामी पत्रकारहरुले त्यो लुकाउनु पनि राम्रो हुन्छ अहिलेको विश्व परिवेशमा । हामीले हाम्रो देशको कमजोरी बोल्दा त्यहा देश बोलिरहेको हुन्छ । त्यसैले पनि जुनदेशसँगको सम्बन्ध र भेटघाट हुन्छ त्यो देशको बारेमा उनीहरु र हामीहरु पनि जानकार हुनुपर्छ भन्ने आम मान्यता छ ।

chanda
त्यो दिन ५ बजेनै सोल्टी होटलमा आइपुग्नु भन्ने थियो कार्डमा । तर, हाम्रा लागि बुक गरिएको टेबुलमा कोही पनि थिएनन् । अनि म लबिमै कुरेर बसेकी थिए । सायद ५ः२० भएको थियो होला, सबैजना आउनु भयो । पत्रकार साथीहरु पछि राजदूतको टिम अघि अघि थिए । म पनि उहाँहरुसँगै मिसिएर साथीहरुलाई नमस्कार गर्दै भित्र पसे ।

टेबुलमा खानाहरु सजिएका थिए । राजदूतसँग औपचारिक परिचय भयो । नेपाल कतार मैत्री संघका सभापति महम्मद रमजान अलिमियाजीलाई ट्रान्सलेट गरिदिनुहोला भनेर मैले नेपाली भाषामै उहाँहरुलाई स्वागत छ भने । त्यतिबेलै कान्तिपुरका होम कार्कीजीले “तपाइलाई अरबि बोल्न आउँछ नी बोल्नुस् न !” भन्नु भयो । ओमानबाट फर्किएको ११ वर्ष भइसकेको थियो । कतिपय शब्दहरु भुलेकी पनि थिए । “होइन, होम जी, त्यतिधेरै आउँदैन,” उहाँले भन्नु भयो “ जति आउँछ त्यति बोल्नुस् न !” त्यसपछि मैले म ६ वर्ष ओमानमा काम गरेर आएको बताउदै अरबि भाषा बोल्न सुरु गरेकी थिए ।

राजदूतको मुहारमा खुसी नै झल्किएको थियो । जसरी कोही विदेशीले हाम्रो नेपाली भाषा नजानिकन पनि बोल्छ त्यतिबेला हामी सबैको छाति पक्कै पनि गर्वले ढक्क फुल्छ यहि भन्दै, उसले मेरो देशको नेपाली भाषा बुझ्यो, जान्यो र हाम्रो भाषालाई सम्मान ग¥यो  ।

लाइ स्मरण छ सन् २०१० मा फ्रान्स गएको बेलाको । बेल्जियमबाट फर्किएर फ्रान्सको रेल्वे स्टेशनमा फर्कदा म सँग हातमा फोन त थियो । तर, विशेष कारणबस फोनमा पैसा थिएन । बिमलजीलाई ट्रेन स्टेशनमा लिन आउनुस् न भनेर बोलाउनका लागि गा¥हो भयो । नजिकै बुथमा कार्ड लगाएर फोन गरिरहेको एक युवकसँग मैले भने “तिम्रो कार्ड प्रयोग गर्न सक्छु एकछिनका लागि ?” उनले केही नबोली कार्ड मेरो हातमा थमाएर फोन गर्न सहयोग गरेका थिए । अनि मैले फोन गरेपछि फेरि कार्ड फर्र्र्काएर अंग्रेजीमै धन्यवाद दिँदा उनले फ्रान्सेली भाषामा वेलकम भनेका थिए । त्यतिबेला मलाई सोचमग्न बनायो । यी युवाले अंग्रेजी बुझेर पनि किन अंग्रेजीमा बोलेनन् भनेर । पछि मलाई केही साथीहरुले भनेका थिए, “यहाँका मानिसहरुलाई अंग्रेजी त्यति आउँदैन, आएपनि उनीहरु आफ्नो राष्ट्रिय भाषालाई नै प्राथमिकता दिन्छन् ।”

न त, अहिलेको विश्व जोड्ने काम अंग्रेजी भाषाले गरेको छ । त्यो नजानि पनि हुँदैन, तर, त्यसैलाई जरुरी भाषाका रुपमा मनमा लिँदा आफ्नो भाषाको प्रचार प्रसार विश्वमाझ नपुग्ने डर पनि हुन्छ । आफ्नो भाषालाई महत्व नदिएको जस्तो पनि हुन्छ ।

मी राजदूतसँग त्यहाँ केहीले नेपालीमा बोल्यौ । केहीले अंग्रेजीमा बोल्यौ र अरबिमा पनि बोल्यौं । राजदूतको टिम पूरा औपचारिक तयारीमा आउनु भएको थियो । नेपाल र कतारका सम्बन्ध अगाडि बढाउनका लागि मुख्य भूमिका पत्रकारहरुकै हुने भन्दै ‘यसलाई माथि उचाइमा पु¥याउने या तल झार्ने यो तपाइहरुकै हातमा हुने’ भन्ने विश्वास व्यक्त गरिएको थियो महामहिम राजदूतद्धारा । उहाँ कुटनीतिज्ञ भएकै कारणले पनि होला कुटनीतिक रुपमै नेपालका मेडियाहरुलाई उहाँको जवाफ आएको ।

वास्तवमा आफ्नो देशको सम्बन्ध अर्को देशका जनता जनता र सरकारसँग कस्तो किसीमको राख्न सकिन्छ भन्ने मुख्य भूमिका पत्रकारहरुको पनि हुन्छ । कतिपय अवस्थामा नेपालका पत्रकारहरुलाई प्रश्न पनि आउने गरेको छ, “नेपालका मेडियाले आफ्नो देशको सकारात्मक प्रचार कति गरे, देशको पर्यटनका बारेमा कति लेखे ? कति विदेशी पर्यटकहरु भित्राउन सहयोग गरे ? अनि अर्को देशको पत्रकारसँग नजदिकको सम्बन्ध बढाएर त्यो देशको जनताका बीच त्यहिदेशका पत्रकारहरुमार्फत नेपालको पर्यटन प्रचार कति गर्नसके ?”

सायद यो प्रश्न धेरै मानेमा सहि पनि छ । बास्तवमा अहिलेको हाम्रो पत्रकारिता धेरै हदसम्म देशको आर्थिक सृमद्धिको लागि हुनुपर्छ भन्ने मेरो भित्रि महसुस पनि हो ।

र्यक्रममा सांसद जाकिर हुसैनले “हामीले ६ लाख नेपाली कतार पठायौ, ती कामदारका रुपमा मात्र नभएर पर्यटकका रुपमा पनि कतार पुगेका हुन् । तपाइहरुले वर्षको १ लाख भएपनि कतारी नागरिक पठाउन पहल गरिदिनु प¥यो कतार सरकारसँग !” राजदूतको जवाफ थियो, “हो हामी पठाउँछौ, नेपाल अति नै सुन्दर छ । तपाइहरुसँग नभएको केही छैन, सबै भएर पनि तपाइहरुले सदुपयोग गर्न सक्नु भएको छैन ।”

राजदूतले भनेजस्तै हामी नेपालीले पनि महसुस गरेका कुरा नै हो यो । तर, राजनीतिक अस्थिरताले राज्यको माथिल्लो निकायदेखि तलसम्म प्रभाव पार्दोरहेछ । त्यसकारण पनि हामीले हाम्रो समृद्धि नजिकबाट नियाल्न पाएका छैनौ, समृद्धि भित्राउन सकेका छैनौ । जति नै लागे पनि कहि न कहिबाट बाधा अड्चनहरु तेर्सिरहेका नै छन् ।

राजदूतले अर्को कुरा पनि भन्नु भयो, तपाइहरुको पर्यटन संभावना हेर्नुस् त कति राम्रो छ युरोप र अमेरिका भन्दा राम्रो केवुलकार सिस्टम छ नेपालमा । तर, व्यवस्थापन फितलो छ । तपाइहरुकोमा डाँडाकाँडा हिम श्रृखंलाहरु हेर्नुस्  त कति राम्रो छ । तर, यहाँ हिड्ने बाटो राम्रो छैन । त्यसकारण पनि अरबका पर्यटकहरु भित्राउन अलि गा¥हो हुन्छ । राजदूतले हामीलाई चुनौती स्वरुप नै भन्नु भयो “पहिले बाटो राम्रो बनाउनुस् त, हामी लाखौं पर्यटक भित्राउन पहल गर्छौ, हामी युरोप र अमेरिका नगएर नेपाल घुम्न आउँछौं ।”

हामीले भूकम्पपछि ध्वंस्त भएका संरचना बनाउँदा बनाउँदै ढिलो भएका छौं र विस्तारै गर्दैछौं, भन्नु र सकारात्मक रहनुस् भन्ने सिवाय अरु केही भन्न सकिएन् । तत्कालका लागि फाइदा खोज्ने र भविष्यका लागि नसोच्ने हाम्रो नेपाली मानसिकताले व्यक्तिगत मात्र नभएर देशकै लागि हानी भएको कुरा अब हामिले बुझ्नैपर्छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि भन्दा पनि अब देशको स्वार्थका लागि सबैले सोच्नु पर्ने बेला आएको छ । होइन, भने अस्थिर राजनीतिका कारण हामी विस्तारै विश्वबाट अलग हुँदै जानेर पछौटेपनतिर जाने सम्भावना बढ्दै छ । आफ्नै संस्कृति अनि सुख सयलमा हुर्केका, कानुनमा बाधिएका, समृद्धि अंगालेका अनि समृद्धिमा रमाएका विदेशका नागरिकहरु हाम्रो देशको गरिवीका कारण विचरा भनेर सहयोग गर्न पक्कै आउने छैनन् । तर, उनीहरु सुख सयलको वातावरणका लागि लागि अन्य विकसीत देशमा पैसा खर्च गर्न जाने हुँदा जोखिम मोल्न नपारेर उनीहरुलाई नेपाल भित्राउने रणनीति तयारी गर्न ढिला भइसकेको छ ।

खाडीका विभिन्न मुलकबाट खासै पर्यटक भित्राउन नसकिरहेको बेला कतारी राजदूत स्वयंले यसो भन्नु  निकै महत्वको रुपमा लिन सक्नु पर्छ ।  नेपालको पर्यटर्न प्रवद्र्धन र देशको आर्थिक समृद्धिका  लागि  प्राकृतिक  सौन्दर्यप्रेमि खाडीका पर्यटकहरुलाई नेपालमा स्वागत गर्न  राज्यले अब ढिला गर्नु हुँदैन  ।

वि.सं.२०७३ माघ २० बिहीवार १३:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD