back
CTIZAN AD

एकै गाविसबाट चार करोडको सुन्तला बिक्री

वि.सं.२०७३ माघ २० बिहीवार

1K 

shares

orange

बागलुङ । बिहुँ गाविसबाट यस वर्ष करिब रु चार करोड बराबरको सुन्तला बिक्री भएको छ ।

कुल ५० हेक्टरमा ९०० मेट्रिक टन सुन्तला फलेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले जाकानरी दिनुभयो । एउटै बोटमा ५० किलोदेखि ५०० किलोसम्म सुन्तला फलेको उहाँको भनाइ छ ।

बिहुँको सुन्तला सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँ, चितवन, बुटवल, पोखरालगायतका बजारमा बिक्री हुने गरेको छ । व्यापारीले सुन्तलाको बोट नै ठेक्कामा खरिद गर्ने गरेका छन् । बिहँुको सुल्डाँडा, किमबोट, ताराखसे, हटिया, करलिमलगायतका किसानले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् ।

“एउटै घरबाट एकसय क्विन्टलभन्दा बढी सुन्तला बिक्री हुन्छ”, अधिकृत अधिकारीले भन्नुभयो – “न्यूनतम रु ५० हजारदेखि रु पाँच लाखसम्मको सुन्तला एउटै घरबाट बिक्री हुने गरेको छ ।”

बिहुँ–४ खोलाखेतका किसान तुलसी कँडेलले यस वर्ष ८० क्विन्टल सुन्तला बिक्री गरेर रु चार लाख आम्दानी गरेको बताउनुभयो । किसानले प्रतिकिलो रु ३० देखि रु ४० मा सुन्तला बिक्री गरेका थिए । अहिले सुन्तलाको मूल्य प्रतिकिलो रु ८० सम्म पुगेको छ । यहाँ १० हजार सुन्तलाका नयाँ बोट हुर्किरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभर यस वर्ष करिब रु १३ करोडको तीन हजार चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा कुल ५९८ हेक्टरमा सुन्तला खेती गरिन्छ ।

वि.सं.२०७३ माघ २० बिहीवार ११:४२ मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्रा विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्रा विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना...

भल्वो आइसरको ऐतिहासिक माइलस्टोनस् वार्षिक १ लाख बढी युनिट बिक्री 

भल्वो आइसरको ऐतिहासिक माइलस्टोनस् वार्षिक १ लाख बढी युनिट बिक्री 

काठमाडाैँ । भल्वो ग्रुप र आइसर मोटर्सको ज्वाइन्ट भेन्चरमा रहेको...

डोङफेङ मोटरद्वारा पहिलो EMB मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

डोङफेङ मोटरद्वारा पहिलो EMB मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

काठमाडौं । डोङफेङ मोटरले आफ्नो पहिलो इलेक्ट्रो–मेकानिकल ब्रेकिङ (EMB) मास-प्रोडक्सन...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको...