back

एकै गाविसबाट चार करोडको सुन्तला बिक्री

वि.सं.२०७३ माघ २० बिहीवार

699 

shares
IME Limited
NTC AD

orange

बागलुङ । बिहुँ गाविसबाट यस वर्ष करिब रु चार करोड बराबरको सुन्तला बिक्री भएको छ ।

कुल ५० हेक्टरमा ९०० मेट्रिक टन सुन्तला फलेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले जाकानरी दिनुभयो । एउटै बोटमा ५० किलोदेखि ५०० किलोसम्म सुन्तला फलेको उहाँको भनाइ छ ।

बिहुँको सुन्तला सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँ, चितवन, बुटवल, पोखरालगायतका बजारमा बिक्री हुने गरेको छ । व्यापारीले सुन्तलाको बोट नै ठेक्कामा खरिद गर्ने गरेका छन् । बिहँुको सुल्डाँडा, किमबोट, ताराखसे, हटिया, करलिमलगायतका किसानले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् ।

“एउटै घरबाट एकसय क्विन्टलभन्दा बढी सुन्तला बिक्री हुन्छ”, अधिकृत अधिकारीले भन्नुभयो – “न्यूनतम रु ५० हजारदेखि रु पाँच लाखसम्मको सुन्तला एउटै घरबाट बिक्री हुने गरेको छ ।”

बिहुँ–४ खोलाखेतका किसान तुलसी कँडेलले यस वर्ष ८० क्विन्टल सुन्तला बिक्री गरेर रु चार लाख आम्दानी गरेको बताउनुभयो । किसानले प्रतिकिलो रु ३० देखि रु ४० मा सुन्तला बिक्री गरेका थिए । अहिले सुन्तलाको मूल्य प्रतिकिलो रु ८० सम्म पुगेको छ । यहाँ १० हजार सुन्तलाका नयाँ बोट हुर्किरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभर यस वर्ष करिब रु १३ करोडको तीन हजार चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा कुल ५९८ हेक्टरमा सुन्तला खेती गरिन्छ ।

वि.सं.२०७३ माघ २० बिहीवार ११:४२ मा प्रकाशित

३५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि झण्डै तीन अर्ब कम

३५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि झण्डै तीन अर्ब कम

काठमाडौंं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से)...

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

काठमाडौँ । वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ।...

देशैभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ

देशैभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ

काठमाडौँ । देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...