back
CTIZAN AD

विपद् व्यवस्थापनका लागि नीति आउँदै

वि.सं.२०७३ माघ २० बिहीवार

903 

shares

२० माघ,काठमाडौँ  । विपद् जोखिम घटाउने विषयमा सरकारले नीतिगत रुपमा सम्बोधन गर्ने तयारी गरेको छ ।
सूचना तथा प्रविधिका माध्यमबाट विपद्का समयमा समुदायलाई सूचना प्रवाह लगाउने र सरोकार भएकाहरुसँग सहकार्य गर्ने उद्देश्यले आयोजित दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी समापन कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले विपद्का विषयमा सरकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इन्स्टिच्युट अफ क्राइसिस मेनेजमेन्ट स्टडिजले आयोजना गरेको ‘सङ्कटमा सञ्चार र प्रविधिको भूमिका’ विषयको दुईदिने गोष्ठीमा विभिन्न मुलुकमा भएका घटनाका विपद्का सूचना समुदायमा प्रवाह गर्ने शैली तथा अन्य विषयमा छलफल भएको थियो । गोष्ठीमा गत वर्ष गएको भूकम्पका समयमा सुरक्षाकर्मीले निर्वाह गरेका भूमिका र भविष्यमा हुन सक्ने विपद्का पूर्वतयारीका विषयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले जानकारी गराउनुभएको थियो । त्यसैगरी ब्रिटिस रेडक्रस र युएस एडका प्रतिनिधिले विपद्का समयमा समुदायमा कसरी सञ्चार गर्ने भन्ने विषयमा प्रस्तुति दिनुभएको थियो ।

इन्स्टिच्युटका अध्यक्ष राम थपलियाले विपद् व्यवस्थापनका सूचना जनतामा प्रवाह गर्दा ध्यान दिनुपर्ने विषयमा भएको छलफलले आगामी दिनमा अपनाउनुपर्ने सावधानी र सजगताको उपाय सिकाएको बताउनुभयो । गोष्ठीमा संयुक्त राष्ट्र सङ्घ, अमेरिकी सहयोग नियोग (युएसएआइडी), नेपालस्थित जापानी राजदूतावास, युरोपेली सङ्घ, रेडक्रस, आइएफआरसीलगायत संस्था, प्राध्यापक, भूगर्भविद् र सरकारी निकायका प्रतिनिधि र विपद्का विषयमा अध्ययनरत विद्यार्थीको सहभागिता थियो ।

वि.सं.२०७३ माघ २० बिहीवार १४:३६ मा प्रकाशित

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...

आधा दर्जन पुल अलपत्र

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट) । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...