back
CTIZAN AD

पहिलोपटक अत्याधुनकि उपकरणबाट उपचार सुरु

वि.सं.२०७३ माघ २० बिहीवार

819 

shares

२० माघ,काठमाडौँ  । मानव शरीरका जुनसुकै अङ्गको तस्बिर खिचेर उपचारमा सघाउने अत्याधुनिक उपकरण कम्युटराइज्ड टोमोग्राफी जेमस्टोन स्पेक्ट्रल इमेजिङ (सिटी स्क्यान जिएसआई)बाट नेपालमै सेवा प्रवाह थालिएको छ ।

नवीनतम् प्रविधियुक्त उक्त उपकरणले मुटु र रक्तनलीलाई प्रष्टसँग देखाउने भएकाले मानवमा हुनसक्ने मुटु रोगको उत्कृष्ट उपचारमा यसको प्रयोग हुने गरेको सम्बद्ध चिकित्सकहरूले बताएका छन् ।

रोटरी फाउण्डेशनको सहयोगमा जमलस्थित ग्रान्डी सिटी हस्पिटलको मणिहर्ष डाइग्नोष्टिक सेन्टरले मुलुकमा पहिलोपटक सुरु गरेको उक्त सेवाको स्वास्थ्यमन्त्री गगनकुमार थापाले यहाँ आज आयोजित एक कार्यक्रममा शुभारम्भ गर्नुभयो ।

करिब १६ करोड मूल्य बराबरको उक्त उपकरणबाट सबै चिकित्सकीय समस्याको समाधान दिनसक्ने बताइएको छ ।

सो अवसरमा मन्त्री थापाले आम नेपालीलाई सहज ढङ्गले स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै जनसाधरणलाई सेवा प्रवाह गर्न अत्याधुनिक सुविधायुक्त सेन्टरसँग मिलेर काम गर्न सरकार तयार रहेको छ भन्नुभयो ।

“हामी सेन्टरसँग सहकार्य गर्न चाहन्छौँ, अधिकभन्दा अधिक सेवाग्राहीलाई लाभान्वित बनाऔँ”– निजी क्षेत्रसँग साझेदारी गर्ने सरकारी नीति सुनाउँदै उहाँले भन्नुभयो ।

निकट भविष्यमा सरकारले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री थापाले त्यसनिम्ति नवीनतम् प्रविधियुक्त उपकरण भएको केन्द्रको साथ र सहयोग सरकारलाई चाहेको बताउनुभयो ।

मणिहर्ष सेन्टरका अध्यक्ष रुप ज्योतिले संस्थागत सामाजिक उत्तरदायित्वबाट सेन्टर नचुक्ने बताउँदै सेवा प्रारम्भको अवसरमा विशेष छुटसहित न्यूनतम मूल्यमा सिटी स्क्यानको व्यवस्था गरिएको घोषणा गर्नुभयो ।

वि.सं.२०७३ माघ २० बिहीवार १४:४८ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...