Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

पहिलोपटक अत्याधुनकि उपकरणबाट उपचार सुरु



२० माघ,काठमाडौँ  । मानव शरीरका जुनसुकै अङ्गको तस्बिर खिचेर उपचारमा सघाउने अत्याधुनिक उपकरण कम्युटराइज्ड टोमोग्राफी जेमस्टोन स्पेक्ट्रल इमेजिङ (सिटी स्क्यान जिएसआई)बाट नेपालमै सेवा प्रवाह थालिएको छ ।

नवीनतम् प्रविधियुक्त उक्त उपकरणले मुटु र रक्तनलीलाई प्रष्टसँग देखाउने भएकाले मानवमा हुनसक्ने मुटु रोगको उत्कृष्ट उपचारमा यसको प्रयोग हुने गरेको सम्बद्ध चिकित्सकहरूले बताएका छन् ।

रोटरी फाउण्डेशनको सहयोगमा जमलस्थित ग्रान्डी सिटी हस्पिटलको मणिहर्ष डाइग्नोष्टिक सेन्टरले मुलुकमा पहिलोपटक सुरु गरेको उक्त सेवाको स्वास्थ्यमन्त्री गगनकुमार थापाले यहाँ आज आयोजित एक कार्यक्रममा शुभारम्भ गर्नुभयो ।

करिब १६ करोड मूल्य बराबरको उक्त उपकरणबाट सबै चिकित्सकीय समस्याको समाधान दिनसक्ने बताइएको छ ।

सो अवसरमा मन्त्री थापाले आम नेपालीलाई सहज ढङ्गले स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै जनसाधरणलाई सेवा प्रवाह गर्न अत्याधुनिक सुविधायुक्त सेन्टरसँग मिलेर काम गर्न सरकार तयार रहेको छ भन्नुभयो ।

“हामी सेन्टरसँग सहकार्य गर्न चाहन्छौँ, अधिकभन्दा अधिक सेवाग्राहीलाई लाभान्वित बनाऔँ”– निजी क्षेत्रसँग साझेदारी गर्ने सरकारी नीति सुनाउँदै उहाँले भन्नुभयो ।

निकट भविष्यमा सरकारले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री थापाले त्यसनिम्ति नवीनतम् प्रविधियुक्त उपकरण भएको केन्द्रको साथ र सहयोग सरकारलाई चाहेको बताउनुभयो ।

मणिहर्ष सेन्टरका अध्यक्ष रुप ज्योतिले संस्थागत सामाजिक उत्तरदायित्वबाट सेन्टर नचुक्ने बताउँदै सेवा प्रारम्भको अवसरमा विशेष छुटसहित न्यूनतम मूल्यमा सिटी स्क्यानको व्यवस्था गरिएको घोषणा गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा